सेयर बजारको इतिहासमा नयाँ रेकर्ड
नेपालको सेयर बजार इतिहासमै नयाँ रेकर्ड कायम गर्दै आइतबार साढे तीन अर्ब रुपियाँभन्दा बढीको कारोबार भएको छ ।
पछिल्ला दिनमा कारोबारमा नयाँ रेकर्ड कायम गरिरहेको सेयर बजारले साताको पहिलो दिन साढे तीन अर्ब रुपियाँभन्दा बढीको कारोबार भएर पछिल्लो नयाँ रेकर्ड कायम गरेको हो ।
आइतबार १७८ कम्पनीका ८७ लाख ६९ हजार ५२२ कित्ता सेयरको ३० हजार ४५६ पटक खरिदबिक्री हुँदा कुल तीन अर्ब ६० करोड ८५ लाख २६ हजार ३५४ रुपियाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा ८२ करोड रुपियाँले बढी हो ।
यद्यपि कारोबारका हिसाबले यो दोस्रो रेकर्ड हो । अघिल्लो साताको अन्तिम दिन पनि दुई अर्ब ७८ करोड ५० लाख रुपियाँभन्दा बढीको सेयर खरिदबिक्री भएर त्यो दिनसम्मको नयाँ रेकर्ड कायम भएर बन्द भएको थियो । त्यसअघि पनि दुई अर्ब ६८ करोडभन्दा बढीको कारोबार भएर पनि नयाँ रेकर्ड कायम गरेको थियो । यो समाचार आजको गोरखापत्र दैनिकमा
भेषराज बेल्बासेले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेदरल्याण्ड्स र जापानबिचको पहिलो हाफ गोलरहित बराबरीमा
-
अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली लुम्बिनीमा
-
असार महिनामा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण