‘इन्काउन्टर’को ‘आई लभ यु’ गीतमा फुर्वा र सावित्राको रोमान्स
काठमाडौं । ‘इन्काउन्टर’ १४ चैत्रबाट प्रदर्शनमा आउने फिल्म हो । प्रदर्शन मिति नजिकिँदै निर्माण युनिटले फिल्मको ‘आई लभ यु’ बोलको नयाँ गीत सार्वजनिक गरेको छ । गीतमा कलाकार फुर्वा दोर्जे तामाङ र सावित्रा थिङको अभिनय देख्न सकिन्छ ।
जानु काम्वाङ लिम्बुको शब्द, तारा प्रकाश लिम्बुको संगीत रहेको गीतमा मेलिना राईले स्वर छ । मलेशिया र सिंगापुरमा छायाँकन भएको गीतमा सुन्दर लावतीको कोरियोग्राफी रहेको छ । सविन श्रेष्ठ, छुल्ठिम गुरुङ, दिनेश डिसी, दिनेश खड्का, फुर्वा दोर्जे तामाङ, दिपक क्षेत्री, बिएस राणा, शुसिल पोखरेल, सुबास गजुरेल, सुनिल कटुवाल, बिपना बस्नेत, ध्रुव श्रेष्ठ, साबित्रा थिङ, राजन गुरुङ, सुरेश थापालगायत कलाकारको अभिनय रहेको फिल्म नरेन्द्र भट्टराईले निर्देशन गरेका हुन् ।
युजेश फिल्मस्को प्रस्तुति कुमार ओझा, दिनेश खड्का र कविभक्त क्षेत्रीको निर्माण रहेको फिल्ममा दिलिप राजवंशी, देव राई र धन्नाजय भट्टराई निर्माता रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण