विद्यालयलाई ‘ट्रन्जिट प्वाइन्ट’का रुपमा विकास नगर्न शिक्षामन्त्रीको चेतावनी
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यालयहरुलाई ‘ट्रन्जिट प्वाइन्ट’का रुपमा विकास नगर्न चेतावनी दिएका छन् । नीजि विद्यालय सञ्चालकहरुको संस्था (प्याब्सन)को १३ औं साधारणसभामा सम्बोधन गर्दै मन्त्री पोखरेलले राष्ट्रले माग गरेको जनशक्ति उत्पादनतर्फ ध्यान दिन आग्रह गर्दै ‘ट्रन्जिट प्वाइन्ट’ का रुपमा विकास नगर्न चेतावनी दिए ।
देशलाई आवश्यक पर्ने शिक्षा सिक्ने जुनसुकै देशमा जानुपर्ने अवस्था भएपनि राष्ट्रले माग गरेको, देशका लागि सिक्ने र सिकाउने कुरामा जोड दिन आग्रह गरे । अर्काको देशको नक्कल गरेर अगाडी बढ्नुभन्दा गुणात्मक शिक्षाको नेपाली मोडल बनाउनुपर्नेमा मन्त्री पोखरेलले जोड दिए ।
मन्त्री पोखरेलले नीजि र सामुदायिक विद्यालयहरुलाई मर्ज गर्न सकिने प्रस्ताव पनि गरेका छन् । गुणस्तरीय शिक्षाका लागि नीजि र सामुदायिक विद्यालय मर्ज गर्न सकिने प्रस्ताव उनले गरे । देशभर रहेका ३५ हजार विद्यालयमध्ये २९ हजार सामुदायिक विद्यालय रहेको तथ्याङ्क प्रस्तुत गर्दै मन्त्री पोखरेलले विद्यालय मर्ज गरेर अबको १० वर्षभित्र गुणात्मक शिक्षा दिने गरी सन्देश दिन आवश्यक रहेको बताए ।
मन्त्री पोखरेलले सबै विद्यालयहरुमा नक्साका विषयमा जानकारी दिँदा एकरुपता अपनाउन आग्रह गरेका छन् । पछिल्लो समय सबै राजनीतिक दलहरु समेत यो विषयमा एकमत रहेको उल्लेख गर्दै उनले लिपुलेक, कालापनी र लिम्पियाधुरा सहितको नेपालको नक्साका विषयमा राम्ररी सन्देश प्रवाह गर्न आग्रह गरे ।
प्याब्सनका अध्यक्ष टीकाराम पुरीले सरकारले उच्चशिक्षा अध्ययनका लागि दिने छात्रवृतिमा विभेद गरेको बताएका छन् । उच्च शिक्षा अध्ययनका लागि प्राप्त हुने छात्रवृति पाउनका लागि कक्षा ६ देखि १० सम्म सामुदायिक विद्यालयमा पढेको हुनुपर्ने प्रावधान राखेर सरकारले विभेद गरेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ बजेटले गाडीको मूल्य बढाउने नाडाको निष्कर्ष
-
भेपमा लुकाएर सुन तस्करी प्रकरण : नायब सुब्बा खड्कालाई थुनामा पठाउने आदेश
-
अखिलमा पुनर्गठनको बहस चलाउनुपर्ने आचार्यको जोड
-
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे, विदेश मन्त्रालयका अतिरिक्त सचिवद्वारा स्वागत
-
स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार संरक्षण गर्न मानव अधिकार आयोगको सरकारलाई निर्देशन
-
स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण