सिपी मैनाली सवार कार दुर्घटनाको छानविन गर्न कार्यदल गठन
शुक्रबार, १६ फागुन २०७६, १५ : ५४
काठमाडौं । नेकपा (माले)ले महासचिव सिपी मैनाली सवार कार दुर्घटनाबारे छानविन गर्न कार्यदल गठन गरेको छ । शुक्रबार बसेको सो पार्टीको स्थायी कमिटी बैठकले दुर्घटनाबारे छानविन गर्न कार्यदल गठन गरेको हो । स्थायी कमिटी सदस्य दीनानाथ घिमिरेको संयाोजकत्वमा निर्माण भएको कार्यदलको सदस्यमा पोलिटब्यूरो सदस्य परशुराम लामिछाने र केन्द्रीय सदस्य क.शंकर पोखरेल रहेका छन् ।
बैठकले सीआइबीमार्फत दुर्घटनाको सत्यतथ्य छानविन गर्न सरकारसमक्ष माग समेत गरेको छ । मैनाली सवार कार बिहीबार महोतरीको रातुपुलमा दुर्घटना भएको थियो । दुर्घटनामा महासचिव मैनालीसहित उनका छोरा, बुहारी, नाती र कारचालक घाइते भएका छन् । मैनालीको राजधानीमा उपचार भैरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण