एक लाख चिनियाँ हाँसलाई पाकिस्तानमा ‘शिकारी’का रुपमा पठाउने तयारी
बेइजिङ । चीनले एक लाख हाँसलाई पाकिस्तान पठाउने तयारी गरेको छ । ती हाँसलाई पाकिस्तानमा शिकारीका रुपमा पठाउन लागिएको हो ।
समाचार एजेन्सीहरुका अनुसार पाकिस्तानका केही क्षेत्रमा फट्याङ्ग्राको आतङ्कले किसानहरु हैरान भएका छन् । ठूलो संख्यामा फट्याङ्ग्राले खेतमा लगाइएका बाली नष्ट गरेका कारण किसानहरु चिन्तित भएका छन् भने यसबाट खाद्य संकट सिर्जना हुनसक्ने तर्फ पनि विज्ञहरुले औँल्याएका छन् ।
यसै महिना पाकिस्तानले फट्याङ्ग्राको कारण कृषि सङ्कट निम्तिएको भन्दै ‘आपतकाल’ समेत घोषणा गरेको थियो । विगत दुई दशक यता पाकिस्तानमा फट्याङ्ग्राको यो नै सबैभन्दा ठूलो आतङ्क रहेको बताइन्छ ।
विज्ञहरुकै सुझावअनुसार फट्याङ्ग्राको सामना गर्नका लागि चीनको सहयोग लिन थालिएको पाकिस्तानी अधिकारीहरुको भनाइ छ । एउटा हाँसले दिनभरमा दुई सय फट्याङ्ग्रा खान सक्ने भएकाले पनि फट्याङ्ग्रा नियन्त्रणका लागि हाँस प्रयोग गर्न थालिएको हो ।
चीनको झेझियाङ्ग एकेडेमी अफ एग्रिकल्चर साइन्सेसका वरिष्ठ शोधकर्ता लू लीझीका अनुसार हाँसले जैविक हतियारको काम गर्दछन् । एउटा कुखुराले दिनभरमा ७० वटा फट्याङ्ग्रा खान सक्ने तर एउटा हाँसले यसको तीन गुणा बढी फट्याङ्ग्रा खान सक्ने भएकाले फट्याङ्ग्रा नियन्त्रणमा हाँस प्रभावकारी हुने उनको भनाइ छ ।
पश्चिमी शिनजियाङ्गका ती हाँसको परीक्षण गरेर पाकिस्तान पठाइने चिनियाँ अधिकारीहरुको भनाइ छ । ती हाँसलाई पाकिस्तानको सिन्ध, बलुचिस्तान र पञ्जाव प्रान्तमा फट्याङ्ग्राको शिकार गर्न परिचालन गरिनेछ ।
यद्यपि यसमा एउटा चुनौती पनि छ । हाँसलाई पानी चाहिने तर पाकिस्तानको फट्याङ्ग्रा प्रभावित क्षेत्र सुख्खा क्षेत्र भएकाले पनि त्यहाँ हाँसलाई कसरी टिकाउने भन्ने समस्या रहेको अधिकारीहरु बताउँछन् ।
पाकिस्तानका अतिरिक्त भारत, पूर्वी अफ्रिका लगायतमा पनि फट्याङ्ग्राको आतङ्क बढ्दै गएको छ । बाली सखाप पार्ने गरी फट्याङ्ग्राको प्रकोप बढेका कारण संयुक्त राष्ट्रसंघले गत महिना अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको अपिल गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली लुम्बिनीमा
-
असार महिनामा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण