बेनिशाले छोडेपछि हिरोइन छान्न अडिसन गर्दै ‘टुल्की’
काठमाडौं । फिल्म युनिट अहिले अभिनेत्रीको खोजीमा रहेको छ । केही अगाडि फाइनल भएकी अभिनेत्री बेनिशा हमालले फिल्म छाडेपछि निर्माण युनिट नयाँ हिरोइनको खोजीमा तिर लागेको हो ।
फिल्म छायाँकनमा भएको ढिलाइका कारण बेनिशाले फिल्म छोडेको बताइएको छ । बहुपति प्रथामा बन्न लागेको यो फिल्म लक्ष्मण सुनारले निर्देशन गर्न लागेका हुन् ।
निर्माण युनिटले अहिले अडिसन मार्फत् हिरोइन छान्न लागेको हो । हिरोइनका लागि इच्छुकले एक मिनेट लामो भिडियो बनाएर निर्माण टिमलाई पठाएर अडिसनमा सहभागी जनाउन सक्नेछन् ।
इच्छुकले पठाएको भिडियोहरुबाट उत्कृष्टलाई छानेर अडिसनको लागि बोलाइने र अडिसनमा सहभागी मध्य उत्कृष्टलाई फिल्मको हिरोइनमा लिने निर्देशक सुनारले बताए ।
अडिसन २० देखि २५वर्ष उमेर समुहका युवतीले सहभागीता जनाउन सक्नेछन् । अडिसन आगामी मार्च १२ अर्थात् यही फागुन २९ गते हुनेछ ।
जुम्ला, मुगु र डोल्पामा छायांकन हुने फिल्मलाई हरी श्रेष्ठ र शेखर लामाले निर्माण गर्दैछन् ।
फिल्म ‘टुल्की’ खिच्नका लागि साउथ फिल्मका चर्चित छायाँकार अरोन अशोक कुमार नेपाल आउनेछन् । उनीसँग कागजी सम्झौता भैसकेको निर्देशक लक्ष्मण सुनारले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिका लागि संक्षिप्त सूची सार्वजनिक
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण