एमसिसी पारित हुन्छः महेश बस्नेत
नेकपाका केन्द्रीय सदस्य तथा युवासङ्घका इञ्चार्ज महेश बस्नेतले केही बुँदा परिमार्जन गरेर मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) पारित हुने बताएका छन् ।
आज अर्घाखाँचीमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, “एमसिसीका बारेमा नेकपाको प्रष्ट धारणा छ । यो जनता र राज्यका पक्षमा भएकाले यसलाई पास गर्नुपर्छ । ”
पूर्वमन्त्रीसमेत रहेका नेता बस्नेतले देशलाई समृद्धि बनाउने पक्षमा वर्तमान सरकार लागेको बताउँदै नयाँनयाँ योजनाका साथ सरकार अगाडि बढेको र सरकारको गतिविधि देखेर प्रतिपक्ष आत्तिएको आरोप लगाए ।
गोकुल बाँस्कोटाको अडियो प्रकरणबारे पत्रकारद्वारा सोधिएको एक प्रश्नको जवाफमा उनले दोषी भएमा कोही उम्किन नसक्ने बताए । नेता बस्नेतले अन्तर्राष्ट्रियस्तरमै चलेको कमिसनका बारेमा अहिलेसम्म कानून नबनेको र कानून बनाएर अघि बढ्नुपर्नेमा जोड दिए ।
युवासङ्घका संयोजक रामप्रसाद सापकोटाले कम्युनिष्ट पार्टीको एकतापछि बनेको नेकपाले जनताको अभिमतअनुसारनै काम गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण