भक्तपुरको क्वारेन्टाइनमा रहेका नेपाली २१ गते घर फर्किने
भक्तपुर । कोरोना भाइरस (कोभिड–१९) को उद्गमस्थल चीनको उहानबाट उद्धार गरी यही ४ गते भक्तपुरको खरिपाटी र नगरकोटस्थित क्वारेन्टाइनमा राखिएका १९३ नेपालीको आज स्वास्थ्य परीक्षण एवं नाक र घाँटीको स्वाब सङ्कलन गरिएको छ ।
खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको क्वारेन्टाइनमा राखिएका १७५ नेपाली र नगरकोटको खानेपानी तालिम केन्द्रको क्वारेन्टाइनमा राखिएका नेपाल वायुसेवा निगमको जहाजका चालकदलसहित १८ को क्वारेन्टाइनमा राखिएको आज १४औँ दिनमा नाक र घाँटीको स्वाब नमूना सङ्कलन गरी परीक्षणका लागि पठाइएको क्वारेन्टाइनमा स्वास्थ्य परीक्षणमा खटिनुभएका नेपाली सेनाका सहसेनानी डा नवीन फुँयालले जानकारी दिए ।
यसअघि यही ४ गते नै उनीहरुको नाक र घाँटीको स्वाब नमूना सङ्कलन गरी परीक्षणपछि आएको रिपोर्टमा कसैमा पनि कोरोनाको सङ्क्रमण नदेखिएको र अन्तिमपटक आज फेरि सबैको राष्ट्रिय प्रयोगशालाको टोलीले नाक र घाँटीको स्वाब नमूना सङ्कलन गरी परीक्षणका लागि लगेको उनले जानकारी द्रिए ।
सङ्कलन गरिने स्वाब नमूना परीक्षणको रिपोर्ट आउन करिब तीन दिन लाग्ने भएकाले परीक्षणको रिपोर्टमा कोरोना सङ्क्रमण भएको नदेखिएमा आगामी २१ गते उनीहरुलाई घर फर्काउने तयारी गरेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
-
खेलाडीलाई धक्का दिएको आरोपमा सूर्यवंशीमाथि कारबाही सिफारिस
-
अमेरिका–इरान सम्झौता अन्तिम नभएको ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण