पीएसजीको सानदार जित
केलियन एमबाप्पे चम्किएपछि फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मन (पीएसजी) ले डिजोनमाथि सानदार जित निकालेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा पीएसजीले डिजोनलाई ४–० गोलले हरायो ।
पीएसजीको जितमा एमबाप्पेले दुई तथा पाब्लो साराविया र माउरो इकार्डीले एक एक गोल गरे । खेलको तेस्रो मिनेटमा पाब्लो सारावियाले मार्कुन्योसको पासमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । ७४औं मिनेटमा एमबाप्पेले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । ७७औं मिनेटमा माउरो इकार्डीले एमबाप्पेको पासमा गोल गर्दै पीएसजीको अग्रता फराकिलो बनाए । दोस्रो हाफको इन्जुरी समयमा एमबाप्पेले ब्यक्तिगत दोस्रो गोल गर्दै पीएसजलाई सजिलै जिताएका थिए । जितसँगै पीएसजीले उपाधि यात्रा थप बलियो बनाएको छ । पीएसजीले २७ खेलबाट ६८ अंक बनाएको छ ।
पीएसजी दोस्रो स्थानमा रहेको मार्सेलीभन्दा १३ अंकले अगाडी छ । दोस्रो स्थानमा रहेको मार्सेलीको ५५ अंक छ । पीएसजीसँग हारेको डिजोन २७ अंक सहित १७औं स्थानमा छ । शनिबार राति नै भएको खेलमा मार्सेलीले निम्सलाई ३–२ गोलले हरायो । सुरुवातमा पछि पररे पनि मार्सेलीले डारियो बेनेडोटोको ह्याट्रिक सहयोगमा उत्कृष्ट पूनरागमन गरेको थियो । मार्सेलीका लागि डोरियोले १०औं, ३६औं र ६९औं मिनेटमा गोल गरेका थिए । निम्सका जिनेदिन फरहातले पाँचौं र लुकास डेअक्सले ९०औं मिनेटमा गोल गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ बजेटले गाडीको मूल्य बढाउने नाडाको निष्कर्ष
-
भेपमा लुकाएर सुन तस्करी प्रकरण : नायब सुब्बा खड्कालाई थुनामा पठाउने आदेश
-
अखिलमा पुनर्गठनको बहस चलाउनुपर्ने आचार्यको जोड
-
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे, विदेश मन्त्रालयका अतिरिक्त सचिवद्वारा स्वागत
-
स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार संरक्षण गर्न मानव अधिकार आयोगको सरकारलाई निर्देशन
-
स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण