कोरोनाभाइरसबाट बच्न मास्क लगाउने विषयमा चीन र अमेरिकाको स्वास्थ्य निर्देशन बाझियो
कोरोना भाइरसका संक्रमितको संख्या बढ्न अमेरिकाको स्वास्थ्य निकाय ‘सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन(सीडीसी)’ले नागरिकहरुलाई प्रकोपविरुद्ध सचेतना निर्देशन जारी गरेको छ । त्यसमा उल्लेख एउटा कुराले चिनियाँ मिडियामा चर्चा पाइरहेको छ ।
सीडीसीले कोरोनाभाइरस संक्रमितका लागि जारी गरेको विभिन्न निर्देशनमा बिरामी नभएका मानिसले मास्क लगाउन आवश्यक नरहेको बुँदाले चर्चा पाइरहेको छ ।
चिनियाँ सरकारी मिडिया पिपुल्स डेलीले यससम्बन्धमा समाचार लेखेर सीडीसीको निर्देशनपछि आम अमेरिकी नागरिकीको मनमा संस्थाप्रतिको विश्वसनीयतामै प्रश्न उब्जाएको बताएको छ ।
पिपुल्स डेलीको अनलाइन सस्करणमा यसबारेमा लेखिएको छ –कोरोनाभाइरस नियन्त्रणको लागि चीनको अथक प्रयास र चीनले जनताको जिउधन सुरक्षाका लागि गरेको प्रयासको पृष्ठभूमिमा अमेरिकी राजनीतिज्ञको हेलचेक्राईबाट धेरै स्तब्ध भएका छन् ।
फेब्रुअरी २८ मा सीडीसीले उसको आधिकारिक ट्वीटर एकाउन्टमा एक भिडियो सार्वजनिक गरेर कोरोनाभाइरसको लागि मास्क लगाउन नपर्ने बताएको थियो ।
‘कोरोनाभाइरस संक्रमितहरुको उपचारमा संलग्न स्वास्थ्य अधिकारी तथा विरामीसँग सम्पर्क हुन सक्ने उच्च जोखिममा रहेका व्यक्तिले अतिरिक्त सुरक्षा अपनाउनुपर्छ ।’ सीडीसी उक्त सन्देशमा बताएको थियो ।
चीनले भने आफ्ना नागरिकलाई कोरोनाभाइरस विरद्ध सुरक्षाका सबै विकल्प अपनाउन भनेको छ । उसले प्रकोपबाट अत्यन्त प्रभावित सहरलाई लकडाउन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
-
इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण