कोरोनाको त्रास : लामो बिदा नबस्न चिकित्सकलाई आह्वान
सोमबार, १९ फागुन २०७६, १३ : ५३
काठमाडौं । नेपाल चिकित्सक संघले चीनको वुहानबाट फैलिएको नोवेल कोरोना भाइरसको संक्रमण नेपालमा पनि हुनसक्ने भन्दै सचेत रहन चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमा अनुरोध गरेको छ ।
संघका महासचिव बद्री रिजालले सोमबार एक विज्ञप्ति जारी गर्दै विश्व स्वास्थ्य संगठनले नेपाल पनि उच्च जोखिमको क्षेत्रमा राखेको भन्दै सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सचेत रहन अनुरोध गरेका हुन् ।
संघले यस संक्रमणले गर्दा आउन सक्ने प्रतिकूल अवस्थाको लागि लामोे बिदामा नबस्न तथा आआप्mना कार्यक्षेत्रमा तयारीका साथ रहन पनि चिकित्सकहरुलाई आह्वान गरेको छ ।
संघले बिहीबार सरोकारवालासँग यसबारे अन्तरक्रिया समेत गर्ने तय गरेको रिजालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
-
खेलाडीलाई धक्का दिएको आरोपमा सूर्यवंशीमाथि कारबाही सिफारिस
-
अमेरिका–इरान सम्झौता अन्तिम नभएको ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण