३३ वर्षमा यति परिवर्तन भए रामायणका सीता राम, कमेडी शोमा पाहुना
आउँदो शनिबार द कपिल शर्मा शोमा विशेष पाहुनाको उपस्थिती हुनेछ । यी पाहुनासँग पुरानो याद ताजा गर्ने पूरा तयारी भएको छ । यो हप्ता हास्यकलाकार कपिल शर्माको शोमा रामानन्द सागरको सिरियल रामायणका स्टार्स अरुण गोविल, दीपिका चिखलिआ र सुनिल लहरी आउँदैछन् ।
रामानन्द सागरको सिरियल रामायण जनवरी सन् १९८७ देखि जुलाई १९८८ सम्म चलेको थियो र अत्यधिक हिट भएको थियो । पछि थुप्रै प्रोडक्सन हाउसले रामायणमा सिरियल बनाए तर रामानन्द सागरको रामायणजस्तो चर्चित कुनै हुन सकेनन् ।
कपिलको कार्यक्रममा अरुण गोविल, दीपिका चिखलिआ, सुनील लहरी र प्रेम सागर आउँदैछन् । उनीहरुले फेब्रुअरी २६ फेब्रुअरीमा द कपिल शर्मा शोका लागि सुटिङ गरे । अर्चना पुरन सिंहले रामायणको स्टार कास्टसँग सोनी टिभीको फेसबुक पेजबाट लाइभ भिडियो पनि गरिन् ।
यतिबेला सबै कलाकारले रामायणबारे कुराकानी गरे र पौराणिक कहानीयुक्त शोमा काम गरेपछि उनीहरुको जीवन कसरी परिवर्तन भयो भनेर पनि कुरा गरे । उनका अनुसार पर्दामा भगवानको भूमिका निभाएपछि पूर्व प्रधानमन्त्री राजीव गान्धीले दिल्ली बोलाएर सम्मानित गरेपछि मात्रै अरुण गोविल र दीपिका चिखलिआले आफूहरु चर्चित भएको थाहा पाए ।
यतिमात्रै होइन, रामायणका यी कलाकारले आफूलाई वाराणसीमा राम, लक्ष्मण र सीताका अभिनय हेर्नका लागि लाखौं भीड जम्मा भएको समय पनि स्मरण गरे ।
स्मरण रहोस्, अरुण गोविल, दीपिका चिखलिआ र सुनिल लहरीले रामायणका कारण देशभरी पहिचान पाएका थिए । यसबाहेक कार्यक्रममा दारा सिंह पनि थिए । उनले हनुमानको भूमिका निभाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा प्रतिपक्षले भन्यो, ‘नयाँ नीति तथा कार्यक्रम विगतकै कपी एन्ड पेस्ट’
-
वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोड
-
प्रधानमन्त्रीलाई ‘राजदूत बनाइदिन’ म्यासेज गर्दा सचिव कृष्णहरि पुष्कर पक्राउ अनि रिहा
-
पत्रकार महासङ्घद्वारा जेठ २५ देखि असार ५ गतेसम्म दबाबमूलक आन्दोलन घोषणा
-
‘ध्यानबाट मानसिक शान्ति, तनाव व्यवस्थापन तथा सामाजिक सद्भाव प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास’
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण