प्रधानमन्त्री ओलीलाई वेभसाइटबाटै स्वास्थ्य लाभको कामना गर्न मिल्ने
काठमाडौ । मिर्गौलाको शल्यक्रिया गर्न अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई वेभसाइटबाटै स्वास्थ्यलाभको शुभकामना दिन सकिने भएको छ ।
प्रधानमन्त्री ओलीलाई https://kpsharmaoli.com.np मा गएर स्वास्थ्यलाभको शुभकामना दिन मिल्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीको स्वास्थ्यप्रति चासो राख्ने देश तथा विदेशका शुभेच्छुकले वेभसाइटबाट स्वास्थ्य लाभको कामना गर्न सक्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
प्रेस सल्लाहकार थापाका अनुसार प्रधानमन्त्रीको स्वास्थ्यप्रति शुभेच्छा प्रकट गर्ने यो दोस्रो प्रयोग हो । यसअघिका कुनैपनि प्रधानमन्त्रीको (बिरामी भएको अवस्थामा) स्वास्थ्यबारे वेवसाइटबाट स्वास्थ्यलाभको शुभकामना दिने व्यवस्था थिएन ।
प्रधानमन्त्री ओली गत मंसिर १० गते मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिसाइटिसको शल्यक्रिया गर्दा पनि वेभसाइटबाट स्वास्थ्य लाभको शुभकामना दिने व्यवस्था गरिएकोे थियो । प्रधानमन्त्री ओली सोमबार शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका हुन् । प्रधानमन्त्री ओलीको भोलि बुधबार मिर्गौला प्रत्यारोपण हँुदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुठी संस्थानको प्रशासकमा शैलेन्द्र कुँवर नियुक्त
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण