जमुनाह नाकामा हेल्थ डेस्क सञ्चालन
बुधबार, २१ फागुन २०७६, १३ : ५२
बाँके । बाँकेको नेपालगञ्ज जमुनाह नाकामा कोरोना भाइरस भए नभएकोबारे स्वास्थ्य जाँच शुरु गरिएको छ । बाँकेको जमुनाह नाका नजिकैको ‘हेल्थ डेक्स’मा रहेका स्वास्थ्यकर्मीले कोरोना भाइरस भित्रिन नदिन प्रभावकारी सतर्कता अपनाइएको हो ।
बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको स्वास्थ्य शाखाले भारतबाट स्थलमार्ग हुँदै नेपालगञ्ज आउने यात्रुलाई कोरोना भाइरस भए नभएको पत्ता लगाउन स्वास्थ्य परीक्षण गर्न थालिएको स्वास्थ्यकर्मी धनप्रसाद न्यौपानेले बताए ।
इन्फारेड थर्मोमिटरले बिरामीमा ज्वरो कति छ भन्ने टाढैबाट थाहा पाउन सकिने भएकोले त्यसको प्रयोग गरी दुई स्वास्थ्यकर्मीले स्वास्थ्य जाँच गर्ने गरेका छन् । सयौँ यात्रु आवतजावत गर्ने नेपालगञ्ज विमानस्थल राझा एअरपोर्टमा भने हेल्थ डेस्कको व्यवस्था नगरिएको नेपाल नागरिक उड्डयन कार्यालय प्रमुख प्रेमनाथ ठाकुरले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्धारित समयमा अस्ट्रेलिया र इजिप्टबिच १-१ को बराबरी, खेल अतिरिक्त समयमा
-
खेलमा फर्कियो अस्ट्रेलिया, इजिप्टसँग १-१ को बराबरी
-
असरको गोलमा इजिप्टको अग्रता, अब खेलमा फर्किन सक्ला अस्ट्रेलिया ?
-
मनसुनजन्य विपद् व्यवस्थापनका लागि १० हजार प्रहरी ‘स्ट्याण्डबाइ’
-
कुखुराको मासु र अण्डा राम्ररी पकाएर खाँदा बर्डफ्लुबाट पूर्ण सुरक्षित हुन सकिने
-
दमास्कसको चिया पसलमा भएको बम विस्फोटमा मृत्यु हुनेको सङ्ख्या नौ पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण