‘हिरो रिटन्स्’ ट्रेलर : एक्सनमा देखिइन् रेखा थापा
काठमाडौं । पछिल्लो समय अभिनेत्री रेखा थापा अभिनित कुनैपनि चलचित्र आएको छैन । फिल्म ‘हिरो रिटन्स्’का रेखा थापा अभिनित फिल्म हो ।
फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार आयोजित एक कार्यक्रमका बीच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।
सार्वजनिक ट्रेलरमा फिल्मका मुख्य कलाकार रेखा थापा, सविन श्रेष्ठ र दिल श्रेष्ठ, सरोज खनाल लगायत देखिएका छन् । एक्सन, प्रेम र विछोड देखाइएको ट्रेलर ३ मिनेट लामो रहेको छ ।
बैशाख २६ गते प्रदर्शन मिति तोकिएको फिल्म आशिष भेटवालले निर्देशन गरेका हुन् । ‘धुर्व तारा फिल्मस्’ र ‘सोम ओम फिल्मस्’को संयुक्त व्यानरमा निर्माण भएकोफिल्मका निर्माता भिम न्यौपाने र धुर्व न्यौपाने हुन् ।
शिवम् अधिकारीको लेखन, कास्यप घिमिरेको छायाँकन तथा मित्र डि गुरुङको सम्पादन रहेको फिल्ममा दीपक शर्मा र टंक बुढाथोकीको संगीत, कविराज गहतराजले कोरियोग्राफी तथा चन्द्र पन्तको द्वन्द्व समेटिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिका लागि संक्षिप्त सूची सार्वजनिक
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण