बलात्कार प्रयास अभियोगमा नेकपाका प्रदेश सांसद पक्राउ
कैलाली । एक महिलालाई बलात्कार प्रयास गरेको अभियोगमा नेकपाका सुदूरपश्चिम प्रदेशका सांसद पक्राउ परेका छन् ।
हाल कैलालीमा बस्दै आएका अछाम क्षेत्र नम्बर २(क) बाट निर्वाचित नेकपाका प्रदेश सांसद अक्कल बहादुर रावल पक्राउ परेका हुन् ।
धनगढी उपमहानगरपालिका वडा नम्बर ४ की एक महिलालाई उनले बलात्कार प्रयास गरेको आरोप लागेको छ । पीडित भनिएकी महिलाले केही दिन पहिले जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दिएकी थिइन् ।
त्यसपछि प्रहरीले खोजी गर्दै आएपनि फेला नपरेका उनी बुधबार भने जिल्ला प्रहरी कार्यालय कैलालीमा आफैं उपस्थित भएका थिए ।
उनी प्रहरीमा उपस्थित भएसँगै नियन्त्रणमा लिएर हिरासतमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी दक्ष कुमार बस्नेतले रातोपाटीलाई जानकारी दिए ।
उनलाई जबरजस्ती करणी प्रयास मुद्दामा अदालतबाट म्याद थप गरेर आवश्यक अनुसन्धान गरिने प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटना गत माघ २१ गतेकै भएपनि ढिलागरी उजुरी परेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण