बलात्कार प्रयास अभियोगमा नेकपाका प्रदेश सांसद पक्राउ

कैलाली । एक महिलालाई बलात्कार प्रयास गरेको अभियोगमा नेकपाका सुदूरपश्चिम प्रदेशका सांसद पक्राउ परेका छन् ।
हाल कैलालीमा बस्दै आएका अछाम क्षेत्र नम्बर २(क) बाट निर्वाचित नेकपाका प्रदेश सांसद अक्कल बहादुर रावल पक्राउ परेका हुन् ।
धनगढी उपमहानगरपालिका वडा नम्बर ४ की एक महिलालाई उनले बलात्कार प्रयास गरेको आरोप लागेको छ । पीडित भनिएकी महिलाले केही दिन पहिले जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दिएकी थिइन् ।
त्यसपछि प्रहरीले खोजी गर्दै आएपनि फेला नपरेका उनी बुधबार भने जिल्ला प्रहरी कार्यालय कैलालीमा आफैं उपस्थित भएका थिए ।
उनी प्रहरीमा उपस्थित भएसँगै नियन्त्रणमा लिएर हिरासतमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी दक्ष कुमार बस्नेतले रातोपाटीलाई जानकारी दिए ।
उनलाई जबरजस्ती करणी प्रयास मुद्दामा अदालतबाट म्याद थप गरेर आवश्यक अनुसन्धान गरिने प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटना गत माघ २१ गतेकै भएपनि ढिलागरी उजुरी परेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा
-
पश्चिम नवलपरासीमा श्रावणी महामहोत्सवको तयारी सुरु
-
ज्योति भण्डारीलाई प्रहरीले कम्बोडियाबाट ल्यायो काठमाडौँ
-
१० बजे १० समाचार : अदालतबाट राजुलाई राहत, कुलिङ पिरियडले किचलो
-
११ महिनामा बागमती सरकारको बजेट कार्यान्वयन ५० प्रतिशत पनि पुगेन
-
विपद् व्यवस्थापनमा खटिन नेविसंघको निर्देशन