२०७७ साउन ३० मा ‘पानी फोटो’
काठमाडौं । अभिनेता खगेन्द्र लामिछानेको निर्देशनमा डेब्यू फिल्म ‘पानीफोटो’ आगामी २०७७ साउनमा प्रदर्शनमा आउने भएको छ ।
निर्माण युनिटले फिल्म साउन ३० गते प्रदर्शनमा ल्याउन लागिएको जानकारी दियो ।
टुकी आर्ट्स प्रा.लि र मञ्जुश्री फिल्म प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण भएको फिल्म ‘पानीफोटो’का लेखन पनि खगेन्द्रले नै गरेका हुन् ।
दशक अगाडिको चर्चित नाटक ‘पानीफोटो’ माथि निर्माण भएको फिल्म पुस्तकमा समेत आइसकेको छ । काठमाडौं, चितवन, स्याङ्जा र रोल्पामा छायाँकन भएको फिल्म रोजिना सिटौला र रवीन्द्र बज्राचार्यले निर्माण गरेका हुन् ।
फिल्ममा खगेन्द्रसँगै अनुप बराल, मेनुका प्रधान, मलिका महत, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि गुरुङ, अजस्र ढुङ्गाना, कमलमणि नेपाल, श्यामकुमार खड्का, कमल देवकोटा, अनोज पाण्डेलगायतका कलाकारको अभिनय छ ।
१५ वर्ष अगाडि बेपत्ता भएको छोराको पखाईमा बसेका बुबाआमाको कथा निर्माण भएको फिल्म आफुले उत्कृष्ट बनाउन कुनै कसुर नछोडेको निर्देशक खगेन्द्रले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिका लागि संक्षिप्त सूची सार्वजनिक
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण