खेलकुद प्रतियोगिता रोक्न राखेपको निर्देशन
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले कोरोना भाइरसका कारण सम्पूर्ण राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका खेलकुद गतिविधि स्थगित गर्न सम्बन्धित खेल संघ–संस्थालाई निर्देशन गरेको छ । राखेपका प्रशासन विभाग प्रमुख कुलबहादुर थापाले बिहिबार प्रेस विज्ञप्ति जारी गरी प्रतियोगिता रोक्न निर्देशन गरेका हुन् ।
युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माको अध्यक्षतामा बिहिबारनै बसेको आपतकालिन बैठकले विश्वमा फैलिँदै गएको कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्न खेलकुद प्रतियोगिता लगायत सम्पूर्ण कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्न निर्देशन दिएका थिए ।
प्रशासन विभाग प्रमुख थापाले कोरोना भाइरसले पार्ने प्रभाव र जोखिमलाई ध्यानमा राखी प्रतियोगिता रोक्नुको विकल्प नभएको बताए । राखेपले सञ्चालनमा भएका प्रतियोगिता निर्धारित समयमा सक्न र सुरु नभएका प्रतियोगिता अर्को सूचना नभएसम्म रोक्नका लागि निर्देशन गरेको हो ।
कोरोना भाइरसका कारण अहिले विश्वभर अन्तर्राष्ट्रिय स्तरका ठूला खेल प्रतियोगिता रोकिने क्रम जारी छ । जापानमा सन् २०२० मै आयोजना हुने ओलम्पिक गेम्स सार्ने विषयमा पनि छलफल भइरहेको छ । नेपालमा पनि दर्शक र सर्वसाधारणको सुरक्षाका लागि खेलकुदका गतिविधि रोक्नु पर्ने आवश्यकता देखिएकोले यस्तो निर्णय गर्नुपरेको राखेपको निश्कर्ष छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण