कोरोनाको महामारी फैलन नदिन यस्तो छ बुद्ध एयरको तयारी
शुक्रबार, २३ फागुन २०७६, १२ : १०
काठमाडौं– कोरोनाभाइरसको महामारी फैलन नदिन र भाइरसबाट बच्न बुद्ध एयरले सतर्कता अपनाएको छ । बुद्ध एयरले सतर्कताको लागि एयरलाइनमा कार्यरत सम्पूर्ण कर्मचारीलाई आवश्यक प्रक्रिया तथा सावधानी अपनाउन सचेत गराएको छ ।
भाइरसबाट बच्न तथा सामनाका लागि हामी सम्पूर्ण नेपाली तयार हुनुपर्ने भन्दै एयरलाइनले यसको शुरुवात आफैबाट गर्नुपर्ने पनि बताएको छ । बुद्धले आफ्ना जहाज तथा रयाम्प बसहरुलाई संक्रमणरहित र सुरक्षित तुल्याउन विशेष सरसफाई तथा प्रक्रिया थालिसकेको छ ।
यात्रु सुरक्षा हाम्रो पहिलो दायित्व भएको भन्दै एयरलाइनले चेक–इन काउण्टरमा एयरलाइनका कर्मचारीले विशेष यन्त्रसहित हरेक यात्रुको तापक्रम मापन गर्न लागेको बताएको छ । साथै तापक्रम बढी भएका यात्रुलाई घर फिर्ता तथा आवश्यक उपचारका लागि अनुरोध गरिने कार्यलाई अगाडी बढाएको पनि बुद्धले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण