यस बैंकका संस्थापक हिरासतमा, छोरीलाई लन्डन जानबाट रोकियो

संकटबाट गुज्रिरहेको भारतको ‘यस बैङ्क’ का संस्थापक राणा कपुरलाई आइतबार विशेष अवकाश अदालतले मार्च ११ सम्मका लागि प्रवर्तन निर्देशालय (ईडी) को हिरासतमा पठाएको छ । कपुरलाई शनिबार बिहान सोधपुछका लागि ईडीको कार्यालयमा बोलाइएको थियो । जाँचमा सहयोग नगरेको भन्दै आइतबार उनलाई पक्राउ गरिएको थियो ।
अधिकारीहरुका अनुसार २ हजारको लगानी, ४४ बहुमूल्य पेन्टिङ र १२ शेल कम्पनीहरु ईडीको जाँचको दायरामा रहेका छन् । कपुरकी छोरी रोशनी कपुरलाई मुम्बई एयरपोर्टमा लन्डन जानबाट रोकिएको छ ।
यस बैंकका संस्थापक तथा पूर्व प्रबन्ध निर्देशक तथा सीईओ कपुरमाथि व्यापारिक घरानाहरुलाई ऋण दिने र उठाउने प्रक्रिया आफ्नो हिसाबले तय गर्ने गरेको आरोप छ । बैंक अनिल अम्बानी ग्रुप, आईएल एन्ड एएफएस, सीजी पावर, एस्सार पावर, रेडियस डेभलपर्स र मन्त्री ग्रुपजस्ता समूहहरुलाई ऋण दिनमा अगाडि रहेको छ । जब यी समूहहरु डिफल्टर बने तब बैंकलाई ठूलो झट्का लाग्यो । सन् २०१७ मा बैंकले ६ हजार ३५५ भारतीय रुपैयाँ खराब कर्जामा राखेको थियो । त्यसपछि रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले बैंकमाथि लगाम लगाउन शुरु गरेको थियो ।
सन् २०१८ मा आरबीआईले राणा कपुरमाथि ब्यालेन्स सिटमा गडबडी गरेको आरोप लगाउँदै अध्यक्षको पदबाट हटाएको थियो । बैंकको इतिहासमा यस्तो घटना भएको पहिलो पटक हो ।
कपुर कुनै समय देशको सफल बैंकर्सको सूचीमा सामेल थिए । उनको परिवारमा पत्नी विन्दू कपुर र तीन छोरी, राधा, राखी र रोशनी रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदन भण्डारी कपको उपाधि बस्नेत र न्यौपानेलाई
-
मोदीलाई जी–७ मा सहभागी हुने दिइएको निम्तो बारे क्यानडामा उठ्यो प्रश्न
-
युइएफए नेसन्स लिगः स्पेन र पोर्चुगल भिड्दै, यस्तो छ हेड टु हेड अवस्था
-
पदयात्रा पर्यटनसँग जोडिँदै सिङ्दी घरवास
-
घरेलु श्रमिक अधिकारबाट वञ्चित
-
विश्व वरियतामा शीर्ष साबालेन्कालाई पराजित गर्दै कोको गौफले जितिन फ्रेन्च ओपन