ग्रामीण विकासबाट मात्र मुलुक समृद्ध हुन्छः मन्त्री फुयाँल
काठमाडौं । वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले ग्रामीण विकासबाट मात्र मुलुक समृद्ध हुने बताएका छन् । मकवानपुरको विकट मानिने राक्सिराङ तथा कैलाश गाउँपालिकाको वस्तुस्थितिको स्थलगत अवलोकन गर्न त्यहाँ पुगेका मन्त्री फुयाँलले स्थानीयवासीसँगको छलफलमा भने, ‘हाम्रो उद्देश्य वस्तुवादी योजनासहित जनतालाई धनी तथा सुखी बनाउने र गाउँको विकास गरेर देशलाई समृद्ध बनाउने हो ।’
‘प्रदेशको सबैभन्दा विकट राक्सिराङ र कैलाश गाउँपालिका हो, तर अब यसलाई सुगम बनाउन प्रदेश सरकार लागि पर्छ’ उनले भने, ‘सडक सञ्जालका हिसाबले मात्र पछाडि परेको यो क्षेत्रलाई प्रदेशको सुविधासम्पन्न, पर्यटकीय तथा आकर्षक स्थलको रुपमा विकास गर्ने योजना सरकारको छ ।’
प्रदेशसभा सदस्य ओमबहादुर ग्लानले मनहरिबाट राक्सिराङ, कैलाश र धादिङ हुँदै नुवाकोट र रसुवासमेत जोड्न सके यस क्षेत्रका नागरिकलाई प्रदेशको राजधानी हेटौंडा आउन सजिलो हुने बताए ।
मनहरि गाउँपालिकाका अध्यक्ष एकराज उप्रती, राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल, कैलाश गाउँपालिकाका अध्यक्ष टंक मोक्तानलगायतले यस क्षेत्रको दिगो विकासतर्फ सरकार गम्भीर हुनुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण