होलीमा कुनै अप्रिय घटना भएन: ट्राफिक प्रहरी
काठमाडौं । होलीको समयमा काठमाडौं उपत्यकामा कुनै अप्रिय घटना नभएको प्रहरीले जनाएको छ । ट्राफिक नियम उल्लंघन गर्ने ७ सयभन्दा बढी चालकलाई कारवाही गरिएपनि कुनै अप्रिय घटना नभएको ट्राफिक प्रहरीले जनाएको छ । ७६ मोटरसाइकल र ७ सय ११ जना सवारी चालकलाई कारवाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
मादक पदार्थ सेवन (मापसे) गर्ने, ३ जना सवार भएका मोटरसाइकल र कागजात नबोकेका चालकलाई कारवाही गरिएको महानगरिय ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीमप्रसाद ढकालले बताए ।
दुर्घटना न्यूनिकरणका लागि ट्राफिक प्रहरीले सम्झाउने बुझाउने गर्नुका साथै ‘तिव्र गतिमा सवारी नचलाउँ, मापसे गरेर सवारी नचलाउँ’ लेखिएका प्लेकार्ड बोकेका थिए । ड्युटी अनुगमनका लागि १५ वटा टीम पनि खटिएको उनले बताए । ट्राफिक नियम उल्लंघन गर्नेलाई सम्झाईबुझाई गर्ने र नमान्नेलाई कानूनी दायरमा ल्याइएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्जिनियरिङ शिक्षातर्फ विद्यार्थीको आकर्षण बढाउन सरोकारवालासँग छलफल
-
इतर समूहले कार्यसम्पादन समिति बैठकबाट भेलासम्बन्धी समितिहरू बनाउने
-
कर्णालीमा अब २५ लाखसम्मको कृषि आयमा कर नलाग्ने
-
मधेसमा तीन दलीय गठबन्धन सरकारले नै निरन्तरता पाउने
-
राष्ट्रिय ट्रमा सेन्टरलाई अर्थोपेडिक इम्प्लान्ट प्रदान
-
कांग्रेसभित्र ध्रुवीकरण तीव्र : भेटिएला मिलन बिन्दु ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण