सिद्धार्थ राजमार्ग १२ दिन बन्द हुँदै
बुटवल । सिद्धार्थ राजमार्गको बुटवल पाल्पा सडक खण्ड करिब २ हप्ता बन्द हुने भएको छ । सो सडक खण्डमा पर्ने गौडेपुल झुम्सा खण्डको मोड सुधारका लागि यहि चैत १ देखि १२ गतेसम्म राजमार्ग अवरुद्ध हुने भएको हो । घुम्तीका कारण दुर्घटना बढ्न थालेपछि १२ दिनसम्म आंशिक रुपमा भएपनि सडक बन्द गरेर घुम्ती कटान गर्न लागेको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।
राजमार्ग पुनःस्र्थापना तथा स्तरोन्नती कार्यक्रमअन्तर्गत घुम्ति काट्न लागिएको हो । जोखिमपूर्ण घुम्ती व्यवस्थापन गर्नका लागि समय तालिका तोकेर सडक बन्द गर्न लागिएको छ । चैत १ गतेदेखि १२ गतेसम्म बिहान ७ देखि ९ बजेसम्म, दिउँसो १२ देखि ३ बजेसम्म र राति ८ बजेदेखि ११ बजेसम्म सडक बन्द हुनेछ ।

दैनिक तीनपटक सडक बन्द हुने भएको हुँदा सो समयमा ट्राफिक नियमको पालना गरी सहयोग गरिदिन जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख पृथ्वीनारायण काफ्लेले आग्रह गरे ।
सिद्धार्थ राजमार्ग भएर पाल्पा, बुटवल, स्याङ्गजा, पोखरा, बाग्लुङ्ग, पर्वत, गुल्मी लगायतका धेरै जिल्लामा दैनिक सयौँको संख्यामा सवारी साधन आवतजावत गर्छन् । यस सडकखण्डमा घुम्ती र पहिरोका कारण धेरैले ज्यान गुमाउनुपरेको छ । यहाँबाट दैनिक १ हजारभन्दा धेरै सवारी साधनको आवतजातव हुने गर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका पूर्वमुख्यमन्त्री शर्माद्वारा संसद् अवरुद्ध
-
रोल्पा दुर्घटना अपडेट : मृतकहरूको पहिचान खुल्यो
-
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’मा
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
-
इरानले भन्यो, ‘कुवेत विमानस्थलमाथिको आक्रमणमा अमेरिकी प्रतिरक्षा प्रणालीको हात’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण