सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

सिद्धार्थ राजमार्ग १२ दिन बन्द हुँदै

बिहीबार, २९ फागुन २०७६, १३ : ०५
बिहीबार, २९ फागुन २०७६

बुटवल । सिद्धार्थ राजमार्गको बुटवल पाल्पा सडक खण्ड करिब २ हप्ता बन्द हुने भएको छ । सो सडक खण्डमा पर्ने गौडेपुल झुम्सा खण्डको मोड सुधारका लागि यहि चैत १ देखि १२ गतेसम्म राजमार्ग अवरुद्ध हुने  भएको हो । घुम्तीका कारण दुर्घटना बढ्न थालेपछि १२ दिनसम्म आंशिक रुपमा भएपनि सडक बन्द गरेर घुम्ती कटान गर्न लागेको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।

राजमार्ग पुनःस्र्थापना तथा स्तरोन्नती कार्यक्रमअन्तर्गत घुम्ति काट्‍न लागिएको हो । जोखिमपूर्ण घुम्ती व्यवस्थापन गर्नका लागि समय तालिका तोकेर सडक बन्द गर्न लागिएको छ । चैत १ गतेदेखि  १२ गतेसम्म बिहान ७ देखि ९ बजेसम्म, दिउँसो १२ देखि ३ बजेसम्म र राति ८ बजेदेखि ११ बजेसम्म सडक बन्द हुनेछ ।

दैनिक तीनपटक सडक बन्द हुने भएको हुँदा सो समयमा ट्राफिक नियमको पालना गरी सहयोग गरिदिन जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख पृथ्वीनारायण काफ्लेले आग्रह गरे ।

सिद्धार्थ राजमार्ग भएर पाल्पा, बुटवल, स्याङ्गजा, पोखरा, बाग्लुङ्ग, पर्वत, गुल्मी लगायतका धेरै जिल्लामा दैनिक सयौँको संख्यामा सवारी साधन आवतजावत गर्छन् । यस सडकखण्डमा घुम्ती र पहिरोका कारण धेरैले ज्यान गुमाउनुपरेको छ । यहाँबाट दैनिक १ हजारभन्दा धेरै सवारी साधनको आवतजातव हुने गर्दछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप