सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

प्रत्यक्ष निर्वाचित कार्यकारी माग गर्दै नयाँ शक्तिको धर्ना (फोटोफिचर)

मङ्गलबार, १३ भदौ २०७४, १८ : १९
मङ्गलबार, १३ भदौ २०७४

काठमाडौं – प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय शासन प्रणालीको माग गर्दै नयाँ शक्ति पार्टी, नेपालले माइतीघर मण्डलामा धर्ना दिएको छ । 

मंगलबार नयाँ शक्तिले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र विदेशमा रहेका नेपालीहरुलाई मताधिकार दिनुपर्ने माग गर्दै धर्ना दिएको हो । 

धर्ना कार्यक्रमको नेतृत्व गरिरहेका नयाँ शक्ति पार्टीका राजनीतिक सामाजिक अभियान परिचालन समितिका संयोजक प्रेम तामाङले देशमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय शासन व्यवस्था लागू नहुँदासम्म सांसद किनबेच जस्तो निकृष्ट अभ्यास जारी रहने भएकोले संविधान संशोधन गरी सो व्यवस्था लागू गर्न माग गरे ।

नयाँ शक्तिले प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय शासन व्यवस्था र पूर्ण समानुपातिक व्यवस्थापिका संसदको माग गर्दै यस अघि १० लाख हस्ताक्षर संकलन गरी प्रधानमन्त्रीलाई बुझाइसकेको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप