संघीय संसदको महासचिव पद रिक्त, तत्काल नयाँ नियुक्त गर्न समस्या
संघीय संसदको महासचिव पद आजबाट रिक्त हुँदैछ । हालका महासचिव मनोहरप्रसाद भट्टराईले आइतबारबाटै अवकाश लिनेभएपछि यो पद रिक्त हुन लागेको हो ।
तर,महासचिव पद रिक्त हुन लागेपनि संघीय संसद सचिवालयले पर्याप्त गृहकार्य गरिनसकेकाले नयाँ महासचिव तत्कालै नियुक्त गर्ने सम्भावना कम रहेको छ ।
संसदका जानकारहरुका अनुसार महासचिवका लागि संसद बुझेकै व्यक्तिलाई प्राथमिकता दिएर महासचिव नियुक्त गर्दामात्र संसदका कामकारवाही अघि बढाउन सहज हुनेछ ।
आइतबार बिहानसम्म पनि सभामुख र अध्यक्षबीच महासचिवका लागि अनौपचारिक छलफल नभएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपाने बताए ।
‘अनौपचारिक रुपमा छलफल भएपनि औपचारिक र ठोस रुपमा छलफल हुन सकेको छैन’, न्यौपानेले रातोपाटीसँग भने, ‘ केही दिनमा त्यस्तो छलफल हुनसक्छ ।’
२०४८ सालपछि अहिलेसम्म चार जनाले महासचिवको जिम्मेवारी निर्वाह गरेका छन् । जसअनुसार २०४८ देखि २०५३ सम्म जीवनलाल सत्याल, २०५३ देखि २०५८ सम्म ईश्वरीप्रसाद उपाध्याय, २०५३ देखि २०५८ सम्म सूर्यकिरण गुरुङ र २०५८ देखि २०६४ सम्म (दुई कार्यकाल) र २०६४ देखि २०७६ सम्म (तीन कार्यकाल) मनोहरप्रसाद भट्टराईले जिम्मेवारी सम्हालेका छन् ।
‘आजबाट संघीय संसदको महासचिव पद रिक्त हुँदैछ । तर नयाँ महासचिव नियुक्तिका लागि गृहकार्य नपुगेकाले निमित्त महासचिव तोकेर काम कारवाही अघि बढाउन सकिन्छ’, सभामुखका न्यौपानेले भने, ‘विगतमा संसद सचिवालयका सिनियर सचिवमध्येबाट एक जनालाई निमित्तको जिम्मेवारी दिएको अभ्यास हामीसँग छ ।’
सचिवालयमा रहेका चार सचिवमध्ये गोपालनाथ योगी सवैभन्दा सिनियर हुन् । त्यसैले योगीले नै निमित्तको जिम्मेवारी पाउने सम्भावना बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण