शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपा(माओवादी केन्द्र)ले भन्यो, ‘देशभक्त जनसेना निर्माणको आवश्यकता बढ्यो’

आइतबार, ०२ चैत २०७६, १५ : ५६
आइतबार, ०२ चैत २०७६

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले देशको स्वाधिनता र जनताको सार्वभौमिकता रक्षार्थ सर्वहारा वर्गीय नेतृत्वमा देशभक्त जनसेना निर्माणको वस्तुगत आवश्यकता बढेको बताएको छ ।  आइतबार काठमाडौंमा ‘मेची–महाकाली देशभक्त जनसांस्कृतिक अभियान’ सफलतापूर्वक सम्पन्न भएकोबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष गोपाल किरातीले यस्तो बताएका हुन् । 

अध्यक्ष किराँतीले वर्तमान प्रधानमन्त्री केपी शर्माओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशद्रोही काम गरे आफ्नो पार्टीले निर्माण गर्ने जनसेनाले टुँडीखेलमा झुण्डयाउने समेत चेतावनी दिए । 

अध्यक्ष किराँतीका नाममा जारी विज्ञप्तिमा भनिएको छ, ‘२५ औं जनयुद्ध दिवसका अवसरमा ०७६ फागुन १ गते पूर्वको मेचीनगरमा उद्घाटन गरी २७ गते पश्चिमको महाकाली नगरमा समापन गरिएको पैदल यात्राको अभियान कष्टसाध्य र गौरवपूर्ण रह्यो । केन्द्रीय अभियान टोलीमा पार्टी अध्यक्ष गोपाल किराँती, प्रदेश १ अध्यक्ष  विमल निरौला, प्रदेश ३ उपाध्यक्ष  प्रकाश दाहाल, राष्ट्रिय पहिचान मोर्चाका प्रतिनिधि तथा किराती राट्रिय मुक्ति मोर्चाका अध्यक्ष शाहस राई र अखिल नेपाल सुकुम्बासी संघका अध्यक्ष कुमार राई बान्तवा थिए । 

उक्त अभियानमा प्रदेश २ अध्यक्ष बब्लु ठाकुर, प्रदेश ५ अध्यक्ष  अबिन गोतामे र पार्टी उपाध्यक्ष तथा प्रदेश ७ ईन्चार्ज रंगनाथ ढकाल लगायत सम्बन्धित प्रदेशमा दर्जनौ नेताहरु यात्रामा सहभागी थिए ।  मेची–महाकाली पैदल यात्राको आफ्नो पार्टीको अभियान ईन्डोप्यासिफिक सैन्य रणनीति र एमसिसी सम्झौताद्वारा नेपाललाई साम्राज्यवादी युद्धको अखडा बनाउने अमेरिका तथा नेपाली भूमि हडप्ने विस्तारवादी भारतविरुद्ध देशभक्त जनप्रतिरोध सँस्कृति निर्माणको सन्देश स्थापित गर्न सफल भएको समेत अध्यक्ष किराँतीले दाबी गरे । 

‘हात्ती र बाघको जोखिमका कारण निकुञ्ज ईलाकामा बस÷गाडी प्रयोग गर्नु परेको मेची–महाकाली पैदल अभियान नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासमा अभूतपूर्व राजनीतिक अभियान बन्यो’उनले भने । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप