कोरोनाको महामारीले युरोकप फुटबल एक वर्ष पछि सारियो
युरोकप फुटबल प्रतियोगिता एक वर्षपछि सारिएको छ । कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण युरोकप एक बर्षपछि सारिएको हो ।
यसअघि युरोकप यसैबर्षको जुन १२ देखि जुलाई १२ सम्मका लागि तय भएको थियो । युरोपेली फुटबल महासंघ (युईएफए) को मंगलबार बसेको आकस्मिक बैठकले युरोकप सन् २०२१ को जुन ११ देखि जुलाई ११ सम्म सञ्चालन गर्ने निर्णय गरेको बीबीसीले जनाएको छ ।
युरोपमा कोरोनाको संक्रमण बढी देखिएको कारण युरोकप फुटबल सारिएको हो । कोरोना भाइरसको कारण यसअघि युरोपियन च्याम्पियन्स लिग, युरोपा लिग, इङ्लिस प्रिमियर लिग, स्पेनिस ला लिगा, इटालियन सिरिए लगायत फुटबल गतिविध स्थगित गरिएको थियो । आइतबार इटालियन फुटबल महासंघले युरोकप स्थगित गरिनु पर्ने माग राखेको थियो ।
युईएफएले युरोकप फुटबलको समूह विभाजन यसअघिनै गरिसकेको छ । यसपटक साविक विजेता पोर्चुगल कठिन समूहमा परेको छ । पोर्चुगल रहेको समुह ‘एफ’ मा फ्रान्स र जर्मनी छन् । यस समूहमा इजरायल, रोमानिया, बुल्गेरिया वा हंगेरी मध्ये एक टोली प्लेअफबाट आउनेछ ।
यसैगरी समुह ‘ए’ मा टर्की, इटली, वेल्स र स्विट्जरल्यान्ड बीच प्रतिस्पर्धा हुनेछ । समूह ‘बी’ मा बेल्जियम, रुस, डेनमार्क र फिनल्यान्ड छन् । समूह ‘सी’ मा युक्रेन, नेदरल्यान्ड्स, अष्ट्रिया र एक टोली प्ले अफबाट आउनेछ ।
समूह ‘डी’ मा इङ्ल्यान्ड, क्रोएसिया, चेक रिपब्लिक र प्ले अफ छनोटबाट आउने टोली रहेको छ । समूह ‘ई’ मा स्पेन, पोल्यान्ड, स्विडेन र प्ले अफ छनोटबाट आउने टोली रहेको छ । यसअघि युरोकपका खेल विभिन्न १२ देशमा सञ्चालन हुने भनिएको थियो । युरोकपमा २४ देशले प्रतिस्पर्धा गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण