आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

‘आँखामा पट्टी बाँधेर आगोसँग लड्न सकिन्न’

डब्लूएचओ भन्छः परीक्षण, आइसोलेसन र निगरानी तुरुन्तै बढाइनु पर्छ
बुधबार, ०५ चैत २०७६, ११ : ३०
बुधबार, ०५ चैत २०७६

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का डाइरेक्टर जनरल टेद्रोस अधानोम घेब्रेसियसले संसारभरि नै कोरोनाभाइरसको परीक्षण, आइसोलेसन र निगरानी तुरुन्तै बढाइनुपर्ने बताएका छन् ।

गत सोमबार नियमित पत्रकार सम्मेलनमा बोल्दै उनले उक्त कुरा बताएका हुन् ।

उनले भनेका छन्, ‘हामीले सामाजिक दूरीमा तीब्र बृद्धि भएको देखेका छौं, स्कुलहरु बन्द भएका छन्, खेल प्रतियोगिता र अन्य भेलाहरु रद्द भएका छन् ।’

‘तर हामीले अत्यन्तै जरुरी र पर्याप्त रुपमा बढाइनै पर्ने परीक्षण, आइसोलेसन र भेटघाटको निगरानी चाहिँ बढाइएको देखेका छैनौं,’ उनले विशेष जोडका साथ भनेका छन् । उनले भनेका छन्, यो नै चाहिँ कोरोनाभाइरसविरुद्धको जवाफी कारवाहीको मेरुदण्ड हो ।’

‘संक्रमणको सम्भावनाबाट जोगिन र मानिसहरुको ज्यान बचाउनको लागि सबैभन्दा प्रभावकारी उपाय भनेको नै संक्रमणको कडीलाई तोड्नु हो । र, त्यो गर्नका लागि हामीले परीक्षण गर्नैपर्छ र आइसोलेनमा जानुपर्छ’ घेब्रेसियसल भनेका छन् ।

‘आँखामा पट्टी बाँधेर तपाईंसँग आगोसँग लड्न सक्नु हुन्न’ भन्दै घेब्रेसियसले अगाडि भनेका छन्, ‘को संक्रमित छ भन्ने थाहा नपाइकन हामी यो विश्व महामारीलाई पनि रोक्न सक्दैनौं ।’

सबै देशहरुका लागि हाम्रो सोझो सन्देश छः ‘परीक्षण, परीक्षण, परीक्षण !’

स्रोत: सीजीटीएन

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप