नेमकिपाको नाम लिएर चन्दा आंतक मच्चाउने एक जना पक्राउ

भक्तपुर । प्रहरीले नेपाल मजदुर किसान पार्टी(नेमकिपा)को नाममा चन्दा आंतक मच्चाउने एक जनालाई पक्राउ गरेको छ । मध्यपुर ठिमी नगरपालिका–५ मा चन्दा असुली गरिरहेकै अवस्थामा काठमाडौं बूढानीलकण्ठ नगरपालिका–७ हेपाली बस्ने ५० वर्षीय गोपाल बहादुर पुर्कोटीलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।
उनले नेमकिपाको नाममा लेटर प्याड तयार गरी विद्यालय, वित्तिय सहकारी संस्था, स्वास्थ्य संस्थासमेतमा जवरजस्ती चन्दा असुली गरिरहेको महानगरिय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी दीपक गिरीले जानकारी दिए ।
प्रहरीले पुर्कोटीको साथबाट नेपाल मजदुर किसान पार्टी केन्द्रीय समिति लेखिएको काटिएको र नकाटिएको रसिद, प्रभु बैंकको नगद जम्मा भौचर, नेपाल मजदुर किसान पार्टीको लेटरप्याडमा अपील साथै सहयोग सम्बन्धमा लेखिएको पत्र बरामद गरेको हो ।
त्यसैगरि बिभिन्न संघ संस्था, क्लब र पार्टीको सहयोग रसिद प्याड, आर्थिक सहयोग सम्बन्धमा लेखिएका पत्र, एभरेष्टि आँखा केन्द्रको पर्चा र नेपाल मजदुर किसान पार्टीको पर्चामा कृष्णध्वज केसी संयोजक लेखिएको पत्र बरामद गरेको डीएसपी गिरीले बताए ।
भक्तपुर जिल्ला अदालतबाट न्यायिक हिरासतमा राख्ने अनुमती लिइ चन्दा ऐन अन्तर्गत अनुसन्धान कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरपालिकाले भन्यो– शिक्षण सिकाइको माध्यम अङ्ग्रेजी भएपनि विद्यार्थीलाई नेपाली भाषामा संवाद गर्न दिनू
-
बार्सिलोनाका यी ब्राजिलियन स्टारलाई इटालीको राष्ट्रिय टोलीबाट खेल्न प्रस्ताव आएको खुलासा
-
ट्रम्पले फेरि दिए ग्रिनल्यान्ड खोस्ने धम्की
-
घलेको महत्त्वकांक्षा र आरजुको बौद्धिक दरिद्रता
-
नीति तथा कार्यक्रममा ‘क’ देखि ‘ट’ सम्म हटाउन सांसद शर्माको संशोधन प्रस्ताव
-
सुदूरपश्चिमका मुख्यमन्त्री र उत्तर प्रदेशका मुख्यमन्त्रीबिच भेटवार्ता