कोरोनाको भीषण मारमा इटाली : एकै दिनमा ४७५ को मृत्यु
कोरोनाभाइरसको सबैभन्दा बढी मारमा परेको चीन त्यो संक्रमणमाथि नियन्त्रण गर्दै यतिखेर सामान्य अवस्थातिर फर्कने तरखर गर्दैछ । तर ठीक यतिनै बेला त्यो संक्रमणको भीषण मारमा चाहिँ युरोपेली देश इटाली परेको छ । इटालीमा बुधबार एकै दिनमा कोरोनाभाइरसको कारण ४७५ जनाको मृत्यु भएको छ ।
यतिखेर कोरोनाभाइरसको महामारीको कहर युरोपमा बढी केन्द्रीत भएको छ र त्यसको सबैभन्दा ठूलो शिकार इटाली भएको छ । यो लेख्दासम्म इटालीमा २ हजार ९ सय ७८ जनाको मृत्यु भइसकेको छ । अहिले इटालीमा ३५ हजार ७ सय १३ जना यो संक्रमणको शिकार भइसकेका छन् ।
त्यसो त इटालीमा संक्रमितमध्ये ४ हजार २५ जना निको पनि भइसकेका छन् ।
जोन हप्किन्स युनिभर्सिटीका अनुसार यतिखेर संसारभरिमा यो भाइरसले २ लाख १ हजारलाई संक्रमित गरिसकेको छ भने यसकै कारण ८ हजार जनाको मृत्यु भइसकेको छ । त्यसो त विश्वव्यापी रुपमा संक्रमितहरुमध्ये ८३ हजार जना निको पनि भइसकेका छन् ।
Title Photo: https://www.businessinsider.com
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराज्यमन्त्री सञ्जय साहको सम्पत्ति शुद्धीकरण मुद्दा ‘निसु’मा
-
उत्तरपश्चिम पाकिस्तानमा प्रहरी कारबाहीमा तीन जना मारिए
-
भैरहवा र पोखरा विमानस्थल चलाउन भारत–चीनसँग नेगोसिएसन भइरहेको छ: अर्थमन्त्री
-
डिजिटल प्रणाली ‘नागरिक चौतारी’ सञ्चालनमा ल्याउने सरकारको तयारी
-
पाकिस्तानले ३० इरानी नागरिकको स्वदेश फिर्तीमा सहजीकरण गर्ने
-
सकियो ‘क्याप्टेन साब’को छायाङ्कन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण