क्वारेन्टाइनमा नबस्नेलाई युएईमा कडा नियम, ५ वर्षसम्म जेल र ३२ लाख जरिवाना

युएई सरकारले क्वारेन्टाइन नियम उल्लंघन गर्नेमाथि ५ वर्षसम्म जेल र ५० हजारदेखि १ लाख दिरामसम्म ( झन्डै ३२ लाख ५८ हजार नेपाली रुपैयाँ) जरिवाना गर्न सकिने जनाएको छ ।
युएईका महान्यायधिवक्ता हमद सैफ अल साम्सीले देशले पूर्वतयारीका लागि बनाएको नियम नतोड्न सर्वसाधारणलाई चेतावनी दिएका छन् ।
१४ दिने ‘होम क्वारेन्टाइन’ तोड्ने र धेरै मानिससँग सम्पर्कमा आउने गतिविधिले समाजको स्वास्थ्य र सुरक्षामा जोखिम उत्पन्न गराउने भएकाले त्यस्ता व्यक्तिमाथि कानूनी कारबाही हुने उनले स्पष्ट पारे ।
संसारभर कोरोना भाइरसको बढ्दो प्रकोप बढ्दा पनि १४ दिने क्वारेन्टाइन बस्न धेरै मानिसले आनाकानी गरिरहेका छन् । संक्रमित व्यक्तिले मनसाय नै बनाएर सरुवा रोग फैलाएमा उसलाई जेल र जरिवाना गरिने युएईको संघीय कानून २०१४ अन्तर्गत धारा १४ मा उल्लेख छ ।
‘कानूनले संक्रमित व्यक्तिलाई योजनाबद्ध व्यवहारमार्फत अन्य व्यक्तिमा रोग फैलाउन निधेष गरेको छ । यस कानून उल्लंघन भएमा ५ वर्ष जेल र ५० हजारदेखि १ लाख दिरामसम्म जरिवाना हुनसक्नेछ ,’ अधिवक्ता घासन इल दायेले भने, ‘यदि यस्तो गल्ती दोहोरिएमा न्यायाधीसहरुले जेलसजाय दोब्बर गर्नसक्न ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्वान गुरुङले अधिवेशन गर्न सक्दैनन् भन्दै तरुण दलद्वारा मोटरसाइकल र्याली
-
पत्रकार हुँ भनी कर्मचारीलाई धम्काएर रकम असुल्ने नासुसहित ६ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
-
कृषि क्षेत्रको विकासका लागि एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स स्थापना गर्नुपर्छ : सांसद शाक्य
-
आर्सनलमै रहने भए ब्राजिलियन डिफेन्डर ग्याब्रियल
-
वाईसीएलको तेस्रो राष्ट्रिय सम्मेलनमा कार्यकर्ताहरू नाचगानमा व्यस्त (तस्बिरहरू)
-
तस्बिरमा हेर्नुहोस् ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८२’