क्वारेन्टाइनमा नबस्नेलाई युएईमा कडा नियम, ५ वर्षसम्म जेल र ३२ लाख जरिवाना
युएई सरकारले क्वारेन्टाइन नियम उल्लंघन गर्नेमाथि ५ वर्षसम्म जेल र ५० हजारदेखि १ लाख दिरामसम्म ( झन्डै ३२ लाख ५८ हजार नेपाली रुपैयाँ) जरिवाना गर्न सकिने जनाएको छ ।
युएईका महान्यायधिवक्ता हमद सैफ अल साम्सीले देशले पूर्वतयारीका लागि बनाएको नियम नतोड्न सर्वसाधारणलाई चेतावनी दिएका छन् ।
१४ दिने ‘होम क्वारेन्टाइन’ तोड्ने र धेरै मानिससँग सम्पर्कमा आउने गतिविधिले समाजको स्वास्थ्य र सुरक्षामा जोखिम उत्पन्न गराउने भएकाले त्यस्ता व्यक्तिमाथि कानूनी कारबाही हुने उनले स्पष्ट पारे ।
संसारभर कोरोना भाइरसको बढ्दो प्रकोप बढ्दा पनि १४ दिने क्वारेन्टाइन बस्न धेरै मानिसले आनाकानी गरिरहेका छन् । संक्रमित व्यक्तिले मनसाय नै बनाएर सरुवा रोग फैलाएमा उसलाई जेल र जरिवाना गरिने युएईको संघीय कानून २०१४ अन्तर्गत धारा १४ मा उल्लेख छ ।
‘कानूनले संक्रमित व्यक्तिलाई योजनाबद्ध व्यवहारमार्फत अन्य व्यक्तिमा रोग फैलाउन निधेष गरेको छ । यस कानून उल्लंघन भएमा ५ वर्ष जेल र ५० हजारदेखि १ लाख दिरामसम्म जरिवाना हुनसक्नेछ ,’ अधिवक्ता घासन इल दायेले भने, ‘यदि यस्तो गल्ती दोहोरिएमा न्यायाधीसहरुले जेलसजाय दोब्बर गर्नसक्न ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण