फ्रान्समा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १ हजार पार
बुधबार, १२ चैत २०७६, ०६ : ५६
फ्रान्समा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण २ सय ४० जनाको ज्यान गएको छ । यसका साथै फ्रान्समा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ११ सय पुगेको छ । फ्रान्समा कोरोना भाइरसको २ हजार ४ सय ४४ नयाँ संक्रमण देखिएको छ ।
यससँगै कोरोना भाइरसको कूल संक्रमितको संख्या २२ हजार ३ सय पुगेको छ । संक्रमण रोक्नका लागि युरोपका अन्य देश झैं फ्रान्सले पनि विभिन्न प्रकारको कडा प्रतिबन्ध लगाएको छ । १७ मार्चदेखि नै फ्रान्समा लकडाउन छ । सुरुमा यो १५ दिनका लागि थियो तर यसमा थप वृद्धि गर्ने कुरा भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालनसम्बन्धी मार्गदर्शन जारी
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण