युएईमा कोरोनाका ८५ संक्रमित थपिए
बुधबार, १२ चैत २०७६, २१ : ०६
युएईमा बुधबार कोभीड–१९ कोरोना भाइरसका ८५ जना नयाँ बिरामी फेला परेका छन् । यससँगै कोरोना संक्रमितको कुल संख्या ३ सय ३३ पुगेको छ । बुधबार ७ जना उपचारबाट कोरोना मुक्त भएका छन् ।
युएई सरकारका स्वास्थ्य प्रवक्ता डाक्टर फारिदा अल होसनीले नियमित पत्रकार सम्मेलनका क्रममा बुधबार ७ जना कोरोनामुक्त भएको र कोरोनाबाट ठिक हुनेको संख्या ५२ पुगेको जानकारी दिइन् ।
अल होसनीले भाइरसको रोकथामका लागि सरकारले सतर्कता अपनाइरहेको बताइन् । उनले सर्वसाधारणलाई सरकारले स्विकृति दिएका परीक्षण विधिको प्रतिक्षा गर्न र विज्ञापनमा गरिएका अन्य परीक्षण विधि प्रयोग नगर्न आग्रह गरिन् ।
‘संसारभर प्रचलित परीक्षण भनेकै पीसीआर (पोलिमिरेस चेल रिएक्सन) परीक्षण हो । हामी अन्य केही तिव्र परीक्षण विधीको परीक्षण गर्दैछौ,’ उनले भनिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण