दुई विश्वयुद्ध झेलेका इटलीका १०१ वर्षका वृद्धले कोरोनालाई हराए, उनकी आमा पनि स्पेनिश फ्लूबाट निको भएकी थिइन्
संसारभरी फैलिएको कोरोना भाइरस संक्रमणको त्रासबीच इटलीबाट आशाको खबर पनि आएको छ । यहाँको रेमिनी शहरमा १०१ वर्षका वृद्धले कोरोना भाइरससँगको युद्धमा जीत हासिल गरेका छन् । संक्रमित भएपछि पूर्ण रुपमा ठिक हुने उनी संसारकै उमेरदार पुरुष हुन् । विभिन्न रिपोर्टमा सार्वजनिक भए अनुसार यी वृद्धले दुई पटक विश्वयुद्धको सामना पनि गरिसकेका छन् । यद्यपि, वृद्धको नाम भने गोप्य राखिएको छ तर मानिसहरुले उनलाई मिस्टर पी भनिरहेका छन् । रिपोर्टका अनुसार मिस्टर पीमा गत हप्ता कोरोना संक्रमण देखिएपछि इन्फर्म अस्पतालमा भर्ना गरिएको थियो ।
मिस्टर पीकी आमा स्पेनिश फ्लूबाट संक्रमित भएपछि बचेकी थिइन्ः
स्रोतका अनुसार मिस्टर पीकी आमा सन् १९१८ मा स्पेनिश फ्लूबाट संक्रमित भएपछि निको भएकी थिइन् । स्पेनिश फ्लूले इटलीमा करिब ६ लाख व्यक्तिको ज्यान लिएको थियो । त्यसपछि सन् १९१९ मा मिस्टर पीको जन्म भएको थियो । शिन्ह्वा न्यूज एजेन्सीका अनुसार बुधबार उनको परिवारले उनलाई घर ल्याएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण