सातैं प्रदेशमा पीपीई वितरण गर्दै सनराइज बैंक
काठमाडौं– सनराइज बैंकले वीर अस्पताल र शुक्रराज तथा सरुवा रोग अस्पतालका डाक्टर तथा नर्सका लागि आवश्यक व्यक्तिगत सुरक्षात्मक उपकरण पीपीई २५/२५ थान दिएको छ । बैंकले कोरनाभाइरसको उपचारमा खटिने चिकित्सक र नर्सका लागि पीपीई वितरण गरेको हो ।
शनिबार बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले वीर अस्पतालका निर्देशक डा. केदार शेन्चुरीलाई २५ थान पीपीई हस्तान्तरण गरे । साथै शुक्रराज
तथा सरुवा रोग अस्पतालमा डा. सुशिल शर्मालाई पीपीई हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पौड्यालले मुलुकमा आइपरेको कठिन परिस्थितीमा समेत चिकित्सक र नर्सले निभाएको भूमिका सराहनीय रहेको बताउँदै सामाजिक उत्तरदायित्व वहन गर्दै प्रहरी अस्पतालमा खटिने स्वास्थ्यकर्मीका लागि सहयोग गरेको बताए ।
कार्यक्रमा बैंकले दिएको सहयोगले अस्पतालका स्वास्थ्यकर्मीलाई सुरक्षामा सहयोग पुग्ने बताए । सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री जनक शर्मा पौड्यालले यस्तो अवस्थामा सन्राइज बैंकले सम्पुर्ण देश बासीलाई थोरै थोरै भए पनि मलम लगाउने उदेश्यले सातैं वटा प्रदेशमा व्यक्तिगत सुरक्षात्मक उपकरण पीपीई उपकरण वितरण गर्ने जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण