मैले त यहाँ कुनै भाइरस उडिरहेको देखिनँः बेलारुसका राष्ट्रपति
सोमबार, १७ चैत २०७६, ०६ : २९
‘मैले त यहाँ कुनै भाइरस उडिरहेको देखिनँ ।’
बेलारुसका राष्ट्रपति एलेक्जेन्डर लुकेशेंकालाई आफ्नो देशमा कोरोना भाइरस संक्रमण रोक्ने कोसिस किन गरिरहनुभएको छैन भनेर प्रश्न सोध्दा उनले हाँस्दै यही जवाफ दिए ।
आइस हकीको एक खेलको क्रममा टिभी पत्रकारले लुकेशेंकालाई खेल किन स्थगित नगरेको भनेर सोध्दा उनले भने, ‘खेल आयोजना गर्दा कुनै समस्या छैन किनभने स्टेडियमको चिसोल भाइरस फैलनबाट रोक्नेछ ।’
लुकेशेंकाले भने, ‘यहाँ कुनै भाइरस छैन । तपाईंले ती भाइरस यहाँ उडिरहेको त देख्नुभएको छैन कि ? मैले पनि देखिनँ । हेर्नुहोस्, यहाँ बरफ छ । यो भाइरस मार्ने सबैभन्दा राम्रो तरिका हो ।’
अन्य युरोपेली देशभन्दा विपरित बेलारुसले कुनै पनि खेल प्रतिस्पर्धा स्थगित गरेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण