एक वर्षको सजाय एक दिनमै भुक्तान
सोमबार, १७ चैत २०७६, ०७ : ०१
जकपुरधाम – धनुषाको धनुषाधाम नगरपालिका–९ का दिपु भनिने दीपेन्द्र यादव डाँका मुद्दामा दोषी ठहर भएर एक वर्ष कैद सजाय भुक्तानका लागि ११ चैत २०७६ मा महोत्तरीको जलेश्वर कारागार पुगेका थिए ।
अदालतको फैसलाअनुसार यादवलाई ११ चैत २०७७ मा रिहा हुने गरी कारागार पठाइएको थियो । तर, उनी जेलमा एक दिन मात्रै बसेर रिहा भएका छन् ।
जलेश्वर कारागार शाखाका जेलर मकसूदन महासेठका अनुसार प्रतिदिन ३ सय रुपैयाँका दरले जरिवाना तिरेर उनी रिहा भएका हुन् ।
धनुषा जिल्ला अदालतमा निवेदन साथ उपस्थित भएपछि अदालतले उनलाई कैद सजायबापतको जरिवाना लिएर रिहा गर्न आदेश दिएको हो । यो समाचार आजको राजधानी दैनिकमा सुजीतकुमार झाले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मान्चिनी दोस्रो पटक इटालीको मुख्य प्रशिक्षकमा नियुक्त
-
सर्वोच्चलाई बालेनको जवाफ : महान्यायाधिवक्ता नियुक्तिमा मेरो ‘कार्यकारी विशेषाधिकार’ छ, कँडेल योग्य छन्
-
नेपाल र जापानबिच ४१० मिलियन येन बराबरको अनुदान सम्झौता सम्पन्न
-
भक्तपुर क्यान्सर अस्पतालको रेडियोथेरापी उपकरण बिग्रिँदा बिरामी मारमा
-
लोकतन्त्रका लागि गोपालमान श्रेष्ठको योगदान सदा स्मरणीय रहनेछ : राष्ट्रपति पौडेल
-
भारतीय अनुदानमा बन्यो गुस्तल र प्रथमश्री महाविहार, १२ करोड लागतमा पुनर्निर्माण सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण