बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

भारतमा कोरोनाले ३७ को ज्यान लियो तर हिँडेर घर पुग्छु भनेका २९ मजदुरसहित ३४ को सडकमै मृत्यु

मङ्गलबार, १८ चैत २०७६, ०८ : ४५
मङ्गलबार, १८ चैत २०७६

कोरोनाभाइरसलाई रोक्नका लागि भारतमा २१ दिन लकडाउन गरिएको छ । यो लकडाउन २४ मार्च राती १२ बजेदेखि सुरु भएको थियो जुन १४ अप्रिलसम्म चल्नेछ । यसको सबैभन्दा धेरै असर ती मजदुरमाथि परेको छ जो राम्रो जीवनयापनका लागि आफ्नो गाउँबाट शहर आएका थिए । तर लकडाउनका कारण यी मजदुरका लागि आफ्नो र आफ्नो परिवारको खर्च सम्बोधन गर्न मुश्किल भएको छ । जब सबै बन्द भयो तब मजदुर भोक प्यासको ख्याल नगरी हिँडेर आफ्नो घर पुग्ने उद्देश्यसहित निस्किए । यो यात्रामा कतिले आफ्नो ज्यान नै गुमाउनु पर्यो । कसैलाई गाडीले ठक्कर दिए, कतिको हिँड्दा हिँड्दै मृत्यु भयो । लकडाउनको ६ दिन बितिसकेको छ र अहिलेसम्म २९ मजदुरसमेत ३४ जनाले ज्यान गुमाइसकेका छन् । जबकी कोरोनाका कारण भारतमा ३७ जनाको मृत्यु भइसकेको छ ।

कोरोनाले होइन, कोरोनाका कारण ज्यान गुम्योः

मितिः २५ मार्च

मृत्युः ४

लकडाउनका कारण पहिलो मृत्यु तमिलनाडुमा भएको थियो । केरलमा काम गर्ने १० जना मजदुर आफ्नो घर तमिलनाडु फर्किरहेका थिए । यी मजदुरले घर जानका लागि तमिलनाडुको थेनीस्थित जङ्गलको बाटो रोजे । त्यतिबेला जंगलमा आगो लाग्यो उक्त आगोमा ४३ वर्षकी के. विजयामनी र उनकी १ वर्षकी नातिनीको घटनास्थलमा नै मृत्यु भयो । वी. मंजुला (४६) र एस.माहेश्वरी (४३) को पछि मृत्यु भयो ।

मितिः २७ मार्च

मृत्युः ८

हैदराबादको पेड्डा गोलकान्ड नजिकै भएको एक सडक दुर्घटनामा ८ जनाको मृत्यु भएको थियो । यी ८ व्यक्तिमा १८ महिनाको बच्चा र ९ वर्षकी बालिका पनि समावेश थिए । उनीहरु एक ट्रकमा बसेर तेलंगानाबाट कर्नाटकमा भएको आफ्नो घर फर्किरहेका थिए तर बाटोमा नै एउटा लरीले पछाडिबाट हानेपछि उनीहरुको मृत्यु भएको हो ।

मितिः २८ मार्च

मृत्यः ४

मुम्बईको चिया पसल र चमेना गृहमा काम गर्ने ७ जना दैनिक ज्यालादारी मजदुर लकडाउनपछि हिँडेरै घर पुग्ने अठोटमा निस्किए । यी मजदुरमा सुरुमा गुजरात सीमाना पार गर्न रोकिएको थियो । तर त्यसको भोलिपल्ट उनीहरु पुनः हिँड्न सुरु गरे । त्यतिबेला विरारमा मुम्बई–अहमदाबाद हाइवेमा एक ट्रकले उनीहरुलाई ठक्कर दियो जसमा ४ मजदुरको मृत्यु भयो । उनीहरुको पहिचान रमेश भट्ट (५५), निखिल पान्डे (३२), नरेश कालुसुवा (१८) र लौराम भगौरा (१८) को रुपमा भयो ।

मितिः २८ मार्च

मृत्युः ६

महाराष्ट्रबाट गुजरात आफ्नो घर जाँदै गरेका ४ प्रवासी मजदुरलाई मुम्बई–अहमदाबाद हाइवेमा एउटा टेम्पोले पछाडिबाट ठक्कर दिए । उक्त दुर्घटनामा चारैजनाको मृत्यु भयो । त्यसै दिन गुजरातको वलसाड जिल्लामा दुई महिला मजदुर जब रेलवे ट्र्याक पार गर्न लागेका थिए तब मालगाडीले उनीहरुलाई किच्यो । ती दुई महिलाको ज्यान बच्न सकेन ।

मितिः २८ मार्च

मृत्युः १

३९ वर्षका रणवीर सिंह दिल्लीको एक नीजि रेष्टुरेन्टमा डेलिभरी बोयको रुपमा काम गर्दथे । लकडाउनपछि रणवीर दिल्लीबाट मध्य प्रदेशको मुरैना जिल्लाका लागि पैदल यात्रामा निस्किए । उनले २ सय किलोमिटर पारसमेत गरिसकेका थिए तर आगरा पुग्ने बित्तिकै उनको बाटोमै मृत्यु भयो । रणवीर मुरैनाको बादफरा गाउँमा बस्थे । उनका तीन सन्तान छन् ।

मितिः २९ मार्च

मृत्युः ५

आफ्नो गाउँसम्म हिँडेरै पुग्छु भन्ने अठोट बोकेका ८ मजदुरलाई कुन्डली–मानेसर–पलवल एक्सप्रेस–वेमा ८ मजदुरलाई एउटा ट्रकले किच्यो । उक्त दुर्घटनामा ५ जनाको मृत्यु भयो । मृत्यु हुनेमा एक बच्चा पनि समावेश छन् ।

मितिः २९ मार्च

मृत्युः १

हरियाणाको सोनीपतबाट उत्तर प्रदेशको रामपुरमा रहेको आफ्नो घर जान हिँडिरहेका २६ वर्षका नितिन कुमारलाई मुरादाबाद नजिकै एउटा बसले ठक्कर दियो । नितिनको घटनास्थलमा नै मृत्यु भयो । नितिन आफ्ना भाइसँग घर गइरहेका थिए ।

ती व्यक्ति जसलाई लकडाउनले मा–योः

मितिः २६ मार्च

स्थानः पश्चिम बंगाल

३२ वर्षका लाल स्वामी घरबाट दुध लिन बाहिर निस्किएका थिए । मिडिया रिपोर्ट अनुसार लकडाउनमा पनि घरबाट बाहिर निस्किएको भन्दै पुलिसले उनीमाथि कुटपिट गरे । लाल स्वामी मुटु रोगी थिए, कुटपिट भएको केही समयपछि उनको मृत्यु भयो ।

मितिः २६ मार्च

स्थानः कर्नाटक–केरल सीमा

केरलको मञ्जेश्वरमा बस्ने ६० वर्षका अब्दुल हामिदलाई हृदयघात भएपछि कर्नाटकको मंगलुरु लैजादैँ थियो तर कर्नाटक पुलिसले उनीहरुलाई सीमा पार गर्न अनुमती दिएनन् । हामिदका भतिजो इब्राहिमका अनुसार उनले पुलिसलाई बिन्ती पनि गरे तर पुलिसले मानेनन् जसका कारण हामिदको मृत्यु भयो ।

मितिः २८ मार्च

स्थानः गुजरात

६२ वर्षका गंगाराम सूरत नजिकै एक अस्पतालबाट आफ्नो घर पैदल जाँदै थिए । किनभने लकडाउनका कारण यातायात सेवा बन्द थियो त्यसपछि उनी ८ किलोमिटर हिँडे । यद्यपि, आफ्नो घर नजिकै गंगाराम बेहोस भए र जब उनलाई अस्पताल पुर्याइयो तब उनलाई डाक्टरले मृत घोषित गरे ।

मितिः २९ मार्च

स्थानः कर्नाटक–केरल सीमा

केरलको कासरगोडबाट कर्नाटकको मंगलुरु जाँदै गरेको एक एम्बुलेन्सलाई पुलिसले रोकेर जान दिएनन् । उक्त एम्बुलेन्समा केरलको कासरगोडमा बस्ने ७० वर्षीया थिइन् । उनको अचानक स्वास्थ्य खराब भएका कारण कर्नाटक ल्याइएको थियो । तर एम्बुलेन्सलाई बाटो नदिँदा उनको मृत्यु भयो ।

मितिः २९ मार्च

स्थानः बिहार

आरा जिल्लाको जवाहर टोलामा बस्ने राहुलको मृत्यु भोकका कारण भयो । राहुल ११ वर्षका मात्रै थिए । उनका पिता दैनिक ज्यालादारी मजदुर हुन् । लकडाउनका कारण उनी थुप्रै दिनदेखि घरमा नै बेरोजगार भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप