लकडाउन अवधिमा एनआइसीका ग्राहकलाई फुडमाण्डुबाट सामान अर्डर गर्दा विशेष सहुलियत
मङ्गलबार, १८ चैत २०७६, १७ : १०
काठमाडौं–एनआइसी एशिया बैंक लिमिटेडका ग्राहक महानुभावहरूलाई फूडमाण्डु अनलाईनबाट उपलब्ध हुने दैनिक खाद्यान खरिद गर्दा खरिद रकमको १० प्रतिशत वा अधिकतम ५०० सम्म छुट हुने गरी बैंक र फूडमाण्डु बीच समझदारी भएको छ ।
यो योजनामा सहभागी हुन चाहने एनआइसीका ग्राहकहरूले चैत्र १८ गते देखि चैत्र २६ गतेसम्म foodmandu.com मार्फत सामानहरू अनलाइन खरिद गर्नुपर्ने हुन्छ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि सरकारले भिडभाड कम गर्न आह्वान गरिरहेको अवस्थामा विद्युतीय बैंकिङ्ग माध्यमहरू प्रयोग गरी ग्राहक महानुभावहरूलाई घरबाटै खाद्यान लगायतका अति आवश्यक सामान खरिद गर्न प्रोत्साहन स्वरुप बैंकले यस्तो योजना ल्याएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण