जेलमुक्त भए रोनाल्डिन्हो
ब्राजिलका पूर्वस्टार रोनाल्डिन्हो जेलबाट रिहा भएका छन् । पाराग्वेको नक्कली राहदानी बनाएको आरोपमा रोनाल्डिन्होलाई एक महिनाअघि पक्राउ गरी जेलमा राखिएको थियो ।
नक्कली राहदानी प्रयोग गरेर दक्षिण अमेरिकी मुलुकमा प्रवेश गरेको आरोपमा पाराग्वेको रिसोर्ट याच एन्ड गल्फ क्लब पारागुयायो नामक होटलबाट रोनाल्डिन्होसँगै उनका दाजु रोबर्टाे पनि पक्राउ परेका थिए ।
रोनाल्डिन्हो त्यहाँका क्यासिनो मालिक नेल्सन बेलोटीको निमन्त्रणामा पाराग्वे पुगेका थिए । पक्राउपछि उनीहरुलाई अदालतले ६ महिनाको जेल सजाय सुनाएको थियो । तर, उनीहरु ३२ दिनपछि रिहा भएका हुन् । अदालतले मुद्दाको अन्तिम फैसला नभएसम्म उनीहरुलाई पाराग्वेकै होटलमा बस्न भनिएको छ ।
यसअघि अदालतले १.६ मिलियन अमेरिकी डलर तिरेर तारेखमा छुट्न सक्ने बताए पनि उक्त रकम तिर्न नसक्दा उनीहरु जेलमै बसेका थिए । रोनाल्डिन्हो पाराग्वेमा विभिन्न कार्यक्रममा भाग लिन पुगेका थिए । रोनाल्डिन्होसँग ब्राजिलको पासपोर्ट छैन ।
ब्राजिललाई सन् २००२ को विश्वकप जिताउँदा रोनाल्डिन्होको भूमिका ठूलो थियो । ४० बर्षीय रोनाल्डिन्होले सन् २०१५ मा फुटबलबाट सन्यास लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सप्तरीमा नेपाल बैंकमा कार्यरत सुरक्षागार्डको हत्या
-
कोशी प्रदेश : हस्ताक्षर सनाखत सुरु
-
जसपा विभाजित भएपछि मधेश प्रदेश सरकार संकटमा, माओवादी छलफल गर्दै
-
बुटवलमा फार्मेसीका सञ्चालक पक्राउ
-
बाल मन्दिरको जग्गा विवाद सीआईबीमा, आरोपीविरुद्ध पक्राउ अनुमति लिइयो
-
महासंघ अध्यक्ष ढकाल कर्पोरेट एक्सिलेन्सी अवार्डद्वारा सम्मानित