डाक्टर, नर्सप्रति जीवनभरी कृतज्ञ रहनेछुः बेलायती प्रम बोरिस
आइतबार, ३० चैत २०७६, १२ : ०५
बेलायती प्रधानमन्त्री बोरिस जोनसोनले आफ्नो उपचारमा खटिरहेका ती डाक्टर र नर्सप्रति जीवनभरी कृतज्ञ रहने बताएका छन् ।
उनले शनिबार एक वक्तव्य जारी गर्दै नेशनल हेल्थ सर्भिस (एनएचएस) का सेन्ट थोमस अस्पतालमा कार्यरत कर्मचारीलाई जतिपटक धन्यवाद दिएपनि त्यो कम हुने बताएका छन् ।
गत आइतबार अस्पताल भर्ना भएपछि उनले पहिलो पटक वक्तव्य जारी गरेका हुन् ।
कोरोनाभाइरसद्वारा संक्रमित पाइएको केही दिनपछि बोरिसलाई उपचारका लागि अस्पताल लगिएको थियो जहाँ उनलाई केही दिन अघि आइसीयूमा भर्ना गरिएको थियो ।
उनको स्वास्थ्यस्थितीमा सुधार भइरहेको बताइएको छ । तर उनी स्वस्थ भइसकेको केही दिनसम्म पनि काम गर्न नसक्ने बुझिएको छ ।
यता उनको अनुपस्थितीमा विदेशमन्त्री डोमिनिकले उनको जिम्मेवारी सम्हालिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण