रित्ता पेटको जुलुस
बुधबार, ०३ वैशाख २०७७, १२ : २५
यो लस्कर
मे एकको
मजदुरहरूको जुलुस होइन
यहाँ छैन
मजदुर ट्रेड युनियनको नाइके
यहाँ छैन
कुनै पार्टी विशेषको झण्डा
यिनीहरू गइरहेका छैनन्
कुनै आमसभामा
यिनीहरूलाई कुनै रिजर्भ बस
आएको छैन लिन
यिनीहरूको हातमा आज
"संसारका मजदुर एक हौँ"
लेखिएको प्लेकार्ड पनि छैन
यिनीहरूलाई सुन्नु छैन आज
कुनै नेताको भारीभरकम भाषण
बजाउनु छैन ताली
बन्नु पनि छैन
कुनै आमसभाको शोभा
आज त यिनीहरू बिलकुल
रित्ता छन्
हात रित्ता
पकेट रित्ता
पेट रित्ता
यिनका रित्ता
हातमुख भर्छु भन्नेहरू
खै आज कता छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण