सनसिटी अपार्टमेन्टको ‘ब्लक ए’ मा बस्ने सबैको रिपोर्ट नेगेटिभ
पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टको ‘ब्लक ए’ मा बस्नेलाई कोरोना भाइरस कोभिड १९ को आशंकामा बुधबार गरिएको -यापिड टेष्टमा सबैजनाको नतिजा नेगेटिभ देखिएको छ ।
दुई जना कामदारसहित दुई सय ९८ जनाको ¥यापिड टेष्ट नतिजा नेगेटिभ आएको कागेश्वरी मनोहरा नगरपालिकाका उपप्रमुख विन्दु पुडासैनीले बताइन् । ब्लक ए मा बस्ने दुई जनालाई कोरोना पोजेटिभ देखिएपछि ए ब्लकमा बस्ने सबैलाई -यापिड टेष्टद्वारा परीक्षण गरिएको उपप्रमुख पुडासैनीले बताइन् ।
गत चैत्र ५ गते बेलायतबाट आएका एउटै परिवारका दुई जनालाई कोरोना देखिएको थियो । सनसिटी अपार्टमेन्टको ब्लक ए मा बस्दै आएका कोरोना संक्रमित आमा छोरालाई पाटन अस्पतालमा राखिएको छ । त्यहाँ कार्यरत दुई जना कामदारको पीसीआर परीक्षणको लागि स्वाब लिएको छ ।
सोही परिवारका अर्का एक जना महिला(बुहारी)को पनि परीक्षण गर्दा पहिलो चरणमा रिपोर्ट नेगेटिभ आएको थियो । उनको दोस्रो चरणमा परीक्षण हुनेछ । उनी पनि अस्पतालमै आइसोलेसनमा छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
-
कुरासाओ विरुद्ध जर्मनीको ‘गोल वर्षा’: आधा दर्जन गोल पूरा
-
ब्राउनले थपे पाचौँ गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
