लकडाउनमा पनि भारतबाट आयात निरन्तर
बिहीबार, ०४ वैशाख २०७७, ०६ : ४३

नेपालगञ्ज – बन्दाबन्दी सुरु भएयता नेपालगञ्ज नाका भएर २० दिनको अवधिमा भारतबाट ६४ करोड ६५ लाख ९५ हजार ९७८ रुपियाँको खाद्यान्न, तरकारी, औषधि र फलफूल आयात भएको छ ।
यो तथ्याङ्क चैत ११ देखि ३० गतेसम्मको २० दिनको रहेकोे नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत शान्तिराम निरौलाले बताए ।
उनका अनुसार सो अवधिमा २९ करोड पाँच लाख ७३ हजार ४६३ रुपियाँ मूल्य बराबरको ४९ लाख ४५ हजार २५ किलो चामल, चार करोड ४४ लाख छ हजार ४४३ रुपियाँको १३ लाख ४४ हजार १८५ किलो मकै तथा एक करोड ८९ लाख १६ हजार ६४३ रुपियाँको दुई लाख १४ हजार ६९७ किलो दाल नेपालगञ्ज नाका भएर भित्रिएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रेशमलाई थुनामा पठाउन अनधिकृत पत्र लेख्ने विष्टलाई के हुन्छ कारबाही ?
-
किट विश्वविद्यालयमा नेपाली छात्रा मृत्यु प्रकरण : परिवार राति नै भारत जाँदै
-
रविन्द्र मिश्र लगायतका नेतालाई रिहाइ गर्न माग गर्दै रिले अनशन बस्ने
-
पोखरामा ‘लायन्स कप’ भलिबल : नेपाल पुलिस र इरानी टोली विजयी
-
उदयपुरमा जिप दुर्घटना, एक जनाको मृत्यु, ६ घाइते
-
१० बजे १० समाचार : फेरि विद्यालय कर्मचारी रुष्टदेखि ओलीले झुक्याउने प्रचण्डको आशंकासम्म