अमेरिकामा एकैदिन २१ सय बढीको मृत्यु, साढे २९ हजार संक्रमित भेटिए
शुक्रबार, ०५ वैशाख २०७७, ०६ : ४४
अमेरिकामा पछिल्लो २४ घण्टामा २१ सय ७४ को मृत्यु भएको छ । यससँगै यहाँ हालसम्म मृत्यु हुनेको संख्या ३४ हजार ६ सय १७ पुगेको छ ।
वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार यहाँ एकैदिन २९ हजार ५ सय ६७ नयाँ संक्रमित भेटिएका छन् । हालसम्म अमेरिकाका ६ लाख ७७ हजार ५ सय ७० जना कोरोनाभाइरसद्वारा संक्रमित छन् ।
संक्रमितमध्ये १३ हजार ३ सय ६९ को अवस्था गम्भीर छ भने हालसम्म ५७ हजार ५ सय ८ जना निको भएर घर फर्किसकेका छन् ।
पछिल्लो समयमा अमेरिकामा दैनिकजसो २ हजार बढीको मृत्यु हुने गरेको छ । यता अमेरिकी राष्ट्रपति ट्रम्पले भने अमेरिकाले कोरोनाभाइरस संक्रमणको चरम बिन्दु पार गरिसकेको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण