बेलायतमा तीन हप्ताका लागि बढाइयो लकडाउन
बेलायतका विदेशमन्त्री डोमिनिक राबले कोरोनाभाइरस फैलनबाट रोक्नका लागि कम्तीमा तीन हप्ताको लागि देशमा लकडाउन लम्ब्याउने घोषणा गरेका छन् ।
बिहिबार आयोजित पत्रकार सम्मेलनमा उनले लकडाउनमा छुट दिइए यो सार्वजनिक स्वास्थ्यका लागि खतरा हुनुका साथै अर्थव्यवस्थाका लागि पनि ठूलो खतरा हुनसक्छ ।
प्रधानमन्त्री पदको जिम्मेवारी सम्हालिरहेका डोमिनिक राबले सरकारले अत्यधिक महत्वपूर्ण पाँच बुँदामा सुनिश्चित नभएसम्म लकडाउन नखोल्ने जानकारी दिएका छन् ।
यस्ता छन् पाँच बुँदाः
– राष्ट्रिय स्वास्थ्य सेवा पूरा देशका लागि आवश्यक स्वास्थ्य सेवा दिन सक्षम भएपछि
– कोरोनाका कारण दैनिक भइरहेको मृत्युदरमा कमी आएपछि
– संक्रमणको दर आशा गरेअनुसार तल्लो स्तरसम्म आएपछि
– भविष्यको आवश्यकताकालाई ध्यानमा राख्दै टेस्टिङ किट र पीपीआई उपकरणको आपूर्ती पूर्ण रुपमा सुनिश्चित भएपछि
– र जबसम्म कोरोनाभाइरस पुनः देशका लागि खतरा बन्ने छैन भनेर सुनिश्चित भएपछि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण