कोरोनाभाइरसः संसारभरी मृतकको संख्या १ लाख ४५ हजार पार
पछिल्लो २४ घण्टाको महत्वपूर्ण खबर
– वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार कोरोनाभाइरस संक्रमणका कारण ज्यान गुमाउनको संख्या १ लाख ४५ हजार पार भइसकेको छ ।
– संसारभरीका कूल २१ लाख ८२ हजार १ सय ९७ व्यक्ति संक्रमित छन् । संक्रमणबाट ठिक हुनेको संख्या ५ लाख ४७ हजार २ सय ९५ रहेको छ ।
– अमेरिका कोरोनाभाइरसबाट सबैभन्दा प्रभावित देश । अमेरिकामा मृत्यु हुनेको संख्या ३४ हजार ६ सय १७ रहेको छ भने ६ लाख ७७ हजार ५ सय ७० संक्रमित छन् ।
– इटली दोस्रो सबैभन्दा धेरै प्रभावित देश । इटलीमा मृतकको संख्या २२ हजार १ सय ७० । १ लाख ६८ हजार ९ सय ४१ संक्रमित ।
– स्पेनमा मृत्यु हुनेको संख्या १९ हजार पार । संक्रमितको संख्या १ लाख ८४ हजार ९ सय ४८ ।
– फ्रान्समा मृतकको संख्या १७ हजार ९ सयभन्दा बढी । हालसम्म कूल संक्रमितको संख्या १ लाख ६५ हजार २७ ।
– बेलायतमा मृतकको संख्या १३ हजार ७ सय पार । संक्रमितको संख्या १ लाख ३ हजार भन्दा बढी ।
– भारतमा हालसम्म कोरोना संक्रमणका कारण ४४८ को मृत्यु भइसकेको छ । संक्रमितको संख्या १३ हजार ४ सय ३० ।
– सिंगापुरमा पछिल्लो २४ घण्टामा कारोनाभाइरसका ७२८ नयाँ संक्रमित भेटिए जुन एकदिनमा अहिलेसम्मको सबैभन्दा धेरै संख्या हो । यो संख्या एकदिन अघिको आँकडाभन्दा लगभग दोब्बर हो ।
– जापानमा कोरोनाभाइरस संक्रमितको संख्या लगातार बढिरहेको छ । जापनले आपतकालको हटस्पटलाई बढाएर लगभग पूरा देशमा लागू गरिएको छ ।
– अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले देशमा लागू प्रतिबन्धलाई हटाएर पुनः खोल्ने योजना बनाइरहेका छन् ।
– कोरोनाभाइरसको संक्रमण रोक्ने मुद्दामा जारी मतभेदका कारण ब्राजिलका राष्ट्रपति जायर बोलसोनारोले देशका स्वास्थ्यमन्त्री लुइज हेनरिक मनडेटालाई बर्खास्त गरेका छन् ।
– ब्रिटेनका विदेशमन्त्री डोमिनिक राबले कोरोनाभाइरस रोक्नका लागि देशमा कम्तीमा तीन हप्ताका लागि लकडाउन लम्बयाउने घोषणा गरेका छन् ।
– न्यूयोर्कमा १५ मे सम्म लकडाउने बढाउने घोषणा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अर्ग्यानिक तरकारी’
-
घाना र पानामाबिचको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
बिहीबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण