प्रदेश नं. १ : पोजेटिभ भनिएकाको पिसीआर परीक्षण नेगेटिभ
प्रदेश नं १ मा एक जना कोरोना पोजेटिभ देखिएको भनिएकोको रिपोर्ट नेगेटिभ आएको छ ।
झापाको हल्दीबारीमा आरडिटीमा पोजेटिभ देखिएका एक पुरुषको रिर्पोट कोशी अस्पताल विराटनगरमा पिसीआरबाट परीक्षण गर्दा बिहीबार नेगेटिभ आएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना डेस्कले जनाएको छ ।
बिहीबारसम्म द्रुत परीक्षण विधि (आरडिटी) बाट जम्मा ८२६ जनाको कोरोना परीक्षण भएको छ भने सबैको रिपोर्ट नेगेटिभ रहेको छ ।
ल्याबमा गरिने परीक्षण (पिसीआर) विधिबाट बुधबारसम्म जम्मा ३४१ जनाको नमूना परीक्षण भएको छ । जसमध्ये ६५ महिला र २७६ पुरुष छन् । परीक्षण नतिजा ४९ महिला र २४३ पुरुषको रिर्पोट नेगेटिभ आएकोे छ । पिसीआर विधिबाट नमूना परीक्षण गरिएकामध्ये ५८ जनाको रिर्पोट आउन बाँकी छ ।
हालसम्म दुवै विधिबाट आएको परीक्षणको नतिजा नेगेटिभ छ अर्थात् कसैमा कोरोना रोगको सङ्क्रमण देखिएको छैन । धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगरको कोशी अस्पतालमा पिसीआर विधिबाट नमूना परीक्षण हुँदै आएको छ ।
प्रदेश सरकारले जिल्लाका क्वारेन्टाइनमा राखिएकाहरुको नमूना परीक्षणलाई तीव्रता दिएको जनाएको छ ।
प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइनस्थलमा बस्नेको सङ्ख्या बिहीबारसम्म कूल ५६८ छ, जसमा चार महिला र ४६ पुरुष डिस्चार्ज भएका छन् ।
क्वरोन्टाइनमा ६८ महिला र ५०० पुरुष बसिरहेका छन् । आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा रहेका एक महिला र एक पुरुष डिस्चार्ज भएका छन् । अब आइसोलेसनमा जम्मा आठ जना बसिरहेका छन् ।
होम क्वारेन्टाइनमा ६३५ महिला र तीन हजार १८१ पुरुष गरी जम्मा तीन हजार ८१६ जना छन् भने क्वारेन्टाइनमा बस्नेको सङ्ख्या हरेक दिन बढ्दो क्रममा रहेकोे पाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. देवेन्द्रराज पाण्डेको साधना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो : राष्ट्रपति पौडेल
-
ट्रम्पले ५० प्रतिशत नयाँ ट्यारिफ लगाएपछि वार्ताका लागि तयार भयो क्यानडा
-
रहेनन् दुई पटकका बेलोन डे'ओर विजेता
-
नागरिकका असन्तुष्टि र सुझाव सम्बाेधन गर्न सरकार तयार छ : प्रधानमन्त्री बालेन
-
ट्रम्पको नयाँ एयर फोर्स वनमा सुरक्षा प्रणाली थपिँदै, सुधारअघि सीमित प्रयोगको तयारी
-
अभिनेता अमिताभ बच्चन अस्पताल भर्ना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण