मेरो किराना डटकमबाट सामान खरिद गर्दा मेगा बैंकका ग्राहकहरुलाई विशेष छुट

काठमाडौं– मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुले खाद्यान्न लगायतका अत्यावश्यक दैनिक उपभोग्य सामाग्रीहरु घरमै बसेर आकर्षक छुटमा खरिद गर्न सक्ने भएका छन् ।
दैनिक उपभोग्य सामाग्रीहरु घरदैलोमै पुर्याउँदै आएको मेरो किराना डटकमले मेगा बैंकका ग्राहकहरुलाई १० प्रतिशतसम्मको आकर्षक छुट दिने सहमति भएको छ ।
कोरोनाभाइरसले निम्त्याएको देशव्यापी लकडाउनको परिस्थितिका कारण भौतिक बजारहरु पहुँचमा नहुनुका साथै रोग संक्रमणको जोखिमलाई पनि ध्यानमा राख्दै ग्राहकहरुलाई यो सुविधाको व्यवस्था गरेको मेगा बैंकले जनाएको छ ।
जसअनुसार, मेगा बैंकका मोबाइल बैंकिङ तथा डेबिट र क्रेडिट कार्डबाहक ग्राहकहरुले किरानाको अनलाइन तथा एप्स सेवामार्फत अत्यावश्यक दैनिक उपभोग्य वस्तुहरु अर्डर गरी बिना झन्झट आफ्नै घरदैलोमा प्राप्त गर्न सक्नेछन् । यो सुविधा लकडाउनपछि पनि मेगा बैंकका ग्राहकहरुले प्राप्त गर्न सक्नेछन् ।
लकडाउनको यस विषम परिस्थितिमा पनि मेगा बैंकले आफ्ना ग्राहकहरुलाई देशव्यापी एटिम नेटवर्क, डिजिटल तथा अनलाइन बैंकिङ सेवाका साथै नगद काउन्टर, रेमिट्यान्स, एलसी ग्यारेन्टी सेवाहरु उपलब्धि गराउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गभर्नर नियुक्तिका लागि आफूखुसी मापदण्ड बनाइएको भन्दै सर्वोच्चमा रिट
-
सात दिनमा सिफारिस समिति बनाइ डेढ महिनाभित्र सहकारी नियमन प्राधिकरण गठन गर्न सर्वोच्चको परमादेश (पूर्णपाठ)
-
अघि बढेन वामपन्थी एकता, गतिहीन बन्यो समाजवादी मोर्चा
-
पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी
-
९ महिनामा पढाइका लागि एक खर्ब ३ अर्ब ८४ करोड रूपैयाँ विदेश पठाइयो
-
‘गृहमन्त्रीको साथी हुँ’ भन्दै धम्की दिने पक्राउ