बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

पाकिस्तानी न्यूज च्यानलले आमिर खानलाई हत्यारा बनाएपछि...

सोमबार, ०८ वैशाख २०७७, १२ : २४
सोमबार, ०८ वैशाख २०७७

एजेन्सी : एक पाकिस्तानी न्यूज च्यानल बलिउड अभिनेता आमिर खानलाई हत्याका आरोपी बताएपछि सामाजिक सञ्जालमा ट्रोलको शिकार भएको छ ।

उक्त न्यूज च्यानलले बलिउड अभिनेता आमिर खानको तस्बिर हत्याकाण्डका आरोपी एमक्यूएम नेता अमीर खानको सट्टामा प्रयोग गरेको थियो ।

हत्याकाण्डका आरोपी नेता अमीर खानको ठाउँमा बलिउड अभिनेता आमिर खानको तस्बिर हटाएर भुलसुधार गरिसकेपनि उक्त साचार अझै सामाजिक सञ्जालमा ट्रोल बनिरहेको छ ।

बलिउड अभिनेता आमिर खानको तस्बिर भएको सामाचार अझै सामाजिक सञ्जालमा सेयर भइरहेको छ ।

पाकिस्तानकी एक पत्रकार नायला इनायतले च्यानलले प्रशारण गरेको स्क्रीनसट सेयर गर्दै लेखेकी छिन्, ‘हेडलाइनः १७ वर्षपछि आरोपी एमक्यूएम नेता आमिर खान । के भारतीय अभिनेता आमिर खान पछिल्लो १७ वर्षदेखि पाकिस्तानमा थिए ? यसमाथि बिचार गर्नुपर्छ ।’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप